Logo

अर्थ

वाणिज्य बैंकको ब्याजदर सस्तियो, कुनमा कति यस्तो छ नयाँ रेट



राष्ट्रिय वाणिज्य बैंकले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर सार्वजनीक गरेको छ । बैंकले यहि भदौ १६ गतेदेखि लागु हुने गरि कर्जा तथा निक्षेपको ब्याजदर घटाएर सार्वजनीक गरेको हो ।

अहिले प्रर्याप्त मात्रामा लगानीका ठाउँ नभएको अवस्थामा निक्षेपलाई पनि समायोजन गर्नुपर्ने भएकाले कर्जा तथा निक्षेपको ब्याजदर घटाएको बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए । उनले भने ‘अहिले सिसिडि रेसियो पनि एकदम न्युन रहेको छ, यता कर्जा लगानी गर्ने ठाउँ पनि प्रसस्त नरहेको कारण निक्षेप समायोजन गर्न हामीले ब्याजदर घटाएका हौँ ।’

हाल बैंकले न्युनतम मौज्दातको सामान्य बचत खातामा ३ प्रतिशत, सुनौलो बचत खाता, विशेष बचत खाता लगायतका खातामा ५ प्रतिशत ब्याजदर दिएको छ । त्यस्तै विदेशी मुद्राको बचत खातामा अमेरिकि डलरको न्युनतम मौज्दातमा १ दशमलव ५ प्रतिशत र युरो लगायतका अन्य मुद्रामा ० दशमलव ७५ प्रतिशत ब्यादजर निर्धारण गरेको छ ।

मुद्धती निक्षेप अन्तर्गत व्यक्तिगतमा ७ प्रतिशत र संस्थागतमा ६ प्रतिशत ब्याजदर रहेको बैंकले जनाएको छ । यसरी नै कर्जाको ब्याजदर पनि घटाएको छ ।

यस्तो छ नयाँ ब्याजदर, हेर्नको लागि तलको लिंक ओपन गर्नुहोस्:

ब्याजदर परिवर्तनको सूचना

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १०:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।