Logo

अर्थ

नागरिक लगानीको कोषमा मुद्दति निक्षेप साढे ४ अर्ब राख्ने तयारी



नागरिक लगानी कोषले मुद्दति निक्षेपमा साढे ४ अर्ब रुपैयाँ प्रस्ताव माग गरेको छ । कोषले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ निक्षेप राख्न बैंकसँग प्रस्ताव माग गरेको छ ।

कोषका अनुार इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरुले आफूले लिन चाहेको रकम, भुक्तानी गर्ने ब्याजदर र ब्याज भुक्तानी गर्नसक्ने समयावधी उल्लेख गरेर बैंकहरुलाई सिलबन्दी प्रस्ताव पेस गर्न आग्रह गरेको छ ।

उक्त रकम एक वर्षदेखि २ वर्षसम्म राख्न सकिने सकिने गरि इच्छुक वाणिज्य बैंकले २१ भदौको दिउसो २ बजेसम्म प्रस्ताव बुझाइसक्नु पर्ने कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार ११:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।