Logo

अर्थ

अघिल्लो दिन नयाँ इतिहास रचेको सेयर बजार आज रातो



हिजो बिहीबा नयाँ इतिहास रचेको सेयर बजारमा आज गिरवट आएको छ । सेप्से परिसुचक आज ० दशमलव ०१ प्रतिशत अर्थात ० दशमलव १५ अंकले घटेर १५ सय १० दशमलव ४२ विन्दुमा रोकिएको छ । नेप्से परिसूचका घटेपनि कारोबार रकम भने २ अर्ब कटेको छ ।

आज दिनभर कारोबारमा आएका १ सय ८६ ओटा कम्पनीको ९३ लाख २ हजार ९ सय ७० कित्ता सेयर बिक्रि हुँदा २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २ सय ३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै ठूला कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ भने सकरात्मक भएर नै बन्द भएको छ । सेन्सेटिभ सुचक आज ० दशमलव ०४ प्रतिशतले बढेर बन्द भएको छ ।

आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अरु कम्पनीका लगानीकर्ताले भन्दा बढी कमाएका छन् भने पाँचथर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
यसरी नै आज कारोबारको अन्तयमा आउँदा बैंकिङ्ग, ट्रेडिङ, वाणिज्य बैंक, हाईड्रोपावर र उत्पादन तथा प्रशोधनका समुहहरुको सूचक घटेको छ भने अरु सकरात्मक नै भएर बन्द भएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १५:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।