Logo

अर्थ

सिद्धार्थ बैंकलेद्धारा दायित्वलाई ५ लाख सहयोग



सिद्धार्थ बैंक लिमिटेडले ‘दायित्व’लाई ‘दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप’ अभियानका लागि ५ लाख सहयोग प्रदान गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर युवाहरुलाई सरकारसँगको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पुर्याएको यस सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदैँ जाने उद्देश्य बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार १४:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।