Logo

uncategorized

एनआरएनको शेयर मूल्यमा नकरात्मक सर्किट



एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर मुल्यमा नकरात्मक सर्किट लागेर बन्द भएको छ । अघिल्लो दिन पनि नकरात्मक सर्किट लागेर बन्द भएको एनआरएनको शेयर मूल्यमा आज पनि सर्किट लागेर बन्द भएको हो । आज सोही कम्पनीको मुल्यमा ९ दशमलव ९२ प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको हो ।

हिजो उक्त कम्पनीको शेयर मुल्य प्रतितोला ४८४ रुपैयाँ थियो । आज प्रतिकित्ता ४६० रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार सुरु भएको थियो । यो समाचार तयार पार्दा उक्त कम्पनीको शेयर मुल्य ४३६ मा झरेको छ ।
साथै, उक्त कम्पनीको शेयर बिक्री गर्ने लगानीकर्ताको चाप बढ्दै गएको छ । तर, खरिद गर्ने लगानीकर्ता शुन्य अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार  १ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।