Logo

अटो

यामाहाले बीएस ६ एफआईयुक्त स्पोर्टी स्कुटर नेपाल ल्याउँदै



यामाहाले बीएस ६ र एफआई भएको नयाँ स्पोर्टी स्कुटर ‘रे जीआर १२५ एफआई’ नेपाली स्बजारमा ल्याउन लागेको छ । बढ्दो १२५सीसी स्कुटर प्रिमियम मार्केटलाई मध्यनजर गर्दै यामाहा नेपालले नयाँ स्पोर्टी स्कुटर नेपाली बजारमा ल्याउन लागेको हो ।

आउन लागेको नयाँ ‘रे जीआर १२५ एफआई’ स्कुटर १२५ सीसीको हुनेछ । यसमा बीएस ६ कम्प्लायन्ट इन्जिन हुनेछ, जुन पछिल्लो उत्सर्जन मापदण्ड अनुरुप छ ।

यसमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि हुनेछ । भारतमा विगत ३ महिनादेखि बीएस ६ मापदण्ड अनिवार्य लागू भए पनि नेपालमा अन्य प्रतिस्पर्धी ब्रान्डहरुले हालसम्म बीएस ६ मा आधारित कुनै मोटरसाइकल वा स्कुटर आयात गरेको छैन ।

यसको ठिक विपरित यामाहाले भने नेपालमा बीएस ६ र एफआई प्रविधि भएका मोटरसाइकल र स्कुटर लगातार सार्वजनिक गर्दै आएको छ । यसबाट यामाहा नेपाली अटोमोबाइल बजारमा निकै आक्रामक रुपमा प्रस्तुत हुन खोजेको देखिन्छ ।

एफआई र बीएस ६ भएका रे जीआर १२५ एफआई स्कुटर किन्न चाहानेलाई बजारमा अरु यामाहा स्कुटरबाहेक अरु कुनै विकल्प उपलब्ध छैन । यो नयाँ स्कुटर पनि यामाहाको डीएनए अनुरुप स्पोर्टी र आकर्षक डिजाइनको हुने कम्पनीको भनाइ छ ।

स्रोतका अनुसार यामाहाले रेजीआर १२५ एफआई हालसालै विश्वमा भित्रिएको प्रविधि, आर्टिफिसियल इन्टेलिन्स (एआई) मा आधारित, नेपालमै पहिलो पटक भर्चुअल लन्चमार्फत असोजको पहिलो साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १४:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।