Logo

अर्थ

अर्थमन्त्रीको बर्हिगमनपछि सेयर बजारमा लगातार गिरावट



सोमबार अर्थमन्त्रीको बर्हिगमनपछिको दोस्रो सेयर कारोबार दिन हो । अघिल्लो दिन पनि राताम्मे भएर बन्द भएको सेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक १२ दशमलव १७ अंकले घटेर १ हजार ४ सय ८७ दशमलव ८१ बिन्दुमा पुगेको छ ।
त्यस्तै आज दिनभर कारोबारमा आएका १९२ वटा कम्पनीको ५५ लाख ९० हजार ६ सय ६५ कित्ता सेयर खरिद विक्रि हुँदा २ अर्ब १६ करोड २२ लाख ४२ हजार ८ सय ९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसरी नै ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ पनि ३ दशमलव ५५ अंकले घटेको छ ।

आज ट्रेडिङ, फाइनान्स, माईक्रो फाईनान्स र अन्य बाहेकका सबै समुहको सूचक घटेर बन्द भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १५:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।