Logo

कोशी प्रदेश

जग्गादाताको उठिवास, प्रहरी खटाएर शिलान्यास



नयाँ बसपार्क निर्माण गर्दा धरान उपमहानगरपालिकाले जग्गादाताहरुको उठिबास लगाएको आरोप लगाएका छन् । उपमहानगरपालिकाले विस्तृत अध्ययन प्रतिबेदन (डिपिआर) तयार नगरी तीनकुने सुन्दर बस्ती आयोजनास्थलमा नयाँ बसपार्क शिलान्यास गरेको गरेको छ । यसको विरोधमा जग्गाधनीहरु उत्रिएछन् ।

प्रदेश नम्बर १ सरकारले बसपार्कका लागि एक करोड रुपैयाँ दिएपछि धरान उपमहानगरपालिकाले आइतवार तीनकुनेमा नयाँ बसपार्कको शिलान्यास गरेको हो ।

स्थानीय जग्गाधनीको सहमतिबिना बसपार्क निर्माण थालेको भन्दै विरोधमा उत्रधेपछि उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले आइतवार प्रहरी लगाएर नयाँ बसपार्कको शिलान्यास गरिन् ।

उपमहानगरपालिकाले बसपार्क शिलान्यास तयारी गरिरहँदा स्थानीय जग्गाधनीहरु कालोझण्डा, माइक र व्यानरसहित धरानका जनप्रतिनिधिविरुद्ध विरोधमा उत्रिएका थिए । तर आन्दोलनकारीलाई प्रहरीले घेरा हालेपछि बसपार्क शिलान्यास शान्तिपूर्वक सम्पन्न भएको छ ।

बसपार्कको शिलान्यास डीपीआरबिना हचुवाको भरमा गरेको भन्दै उपमहानगरपालिका नेतृत्व गरेको नेकपाकै नेताहरुलेसमेत आलोचना गरेका छन् ।

उपमहानगरले नयाँ बसपार्कको शिलन्यास प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीबाट गराउने तयारी गरेको थियो । तर उनी नआएपसछि कार्यबाहक मेयर भण्डारीले आफै गरेकी हुन् ।

बसपार्क शिलान्यास गर्दै भण्डारीले विरोधमा उत्रिएका जग्गाधनीलाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताइन् । उनले बसपार्क निर्माण हुँदा आसपासका बासिन्दाको घरजग्गाको मूल्य बढ्ने, बाटो कालोपत्रे हुने, ढलनिकास हुने भएकाले विरोध गर्नु गलत भएको बताइन् ।

तर, कर्मचारीले झुक्याएर स्थानीयलाई हस्ताक्षर गर्न लगाई उठिबास हुने गरी सबै जग्गा उपमहानगरको नाममा पारेपछि जग्गा धनीहरुले ५० प्रतिशत जग्गा फिर्ता माग राखेर बसपार्क निर्माणको विरोध गर्नुपरेको स्थानीय तुलसा गुरुङले बताइन् ।

प्रकाशित मिति : माघ २७, २०७५ आईतबार  ११ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।