दाङ जिल्ला शारिरीक सुगठन सँघको आयोजनामा यहि फागुन १८ गते प्रथम मिस्टर दाङ प्रतियोगिता हुने भएको छ । मिस्टर दाङ प्रतियोगिता फागुन ११ गते सम्पन्न गर्ने भनिए पनि विभिध कारण फागुन १८ गतेका लागि सरेको आयोजकले बताएको छ ।
२०७२ सालमा स्थापना भै दाङ जिल्ला लगाएत राप्ती अञ्चल भित्र छरिएर रहेका विभिन्न जिम तथा फिट्नेस क्लवहरुलाई ऐकिकृत गर्दै छाता सङ्गठनको रुपमा विभिन्न गतिविधी गरिरहेको दाङ जिल्ला शारिरीक सुगठन सँघका प्रथम उपाध्यक्ष तथा मिस्टर दाङ कार्यक्रम सम्योजक खिम घर्ति मगरले बताउनु भयो ।
शारिरीक सुगठनमा आवद्ध सबै खेलाडिहरुलाई स्थानिय स्तरमा शारिरीक सुगठन प्रतियोगिताहरु सञ्चालन गरि प्रोत्साहन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म पहिचान दिलाउन यस सुगठन सँघले विभिन्न प्रतियोगिता तथा कार्यक्रम गर्दै आएको उपाध्यक्ष घर्ति मगरको भनाई छ ।
सुगठन सँघका उपाध्यक्ष तथा कार्यक्रम सम्योजक घर्ति मगरका अनुसार सुगठन सँघको मुख्य उद्देस्य भनेको वर्तमान अवस्थामा युवाहरुलाई विभिन्न लागु पदार्थ तथा दुर्बेसनी कुलत बाट जोगाई खेल प्रति युवाहरुलाई काक्रसित गर्ने, स्वस्थ रहि असल नागरिक बन्न प्रेरणा दिने,दुर्बेसन मुक्त समाजको निर्माण गरि युवा बर्गहरुलाई कुलतको बाटोमा लाग्न नदिने, खेलाडिहरुको मनोवल उच्च गराई खेलाडिको लगाव र मेहनतलाई प्रोत्साहन गर्ने, स्थानिय स्तरका खेलाडिहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिताको लागी तयार गर्ने रहेको छ ।
राप्तीका रोल्पा,रुकुम,दाङ, प्यूठान र सल्यान सबै जिल्लाहरुमा सुगठन सँघ विस्तार गर्ने लक्ष्य दाङ जिल्ला सुगठन सँघले लिएको छ ।
उपाध्यक्ष घर्ति मगरका अनुसार फागुन १८ गते दाङको तुलसिपुरमा हुने प्रथम मिस्टर दाङ प्रतियोगिताको सम्पूर्ण काम तिब्र गतिमा भैरहेको छ । उक्त कार्यक्रममा शारिरीक सुगठन प्रतियोगिता, मध्यपश्चिम मै पहिलो पटक जुम्बा डान्स पर्दशनी, महिला शारिरीक सुगठन पर्दशनीका साथै स्थानिय कलाकारहरुको बेजोड साँगेतिक प्रस्तुति पनि रहने छ ।
प्रतिक्रिया