काठमाडौं। हुरुन ग्लोबल रिच लिस्ट २०२६ अनुसार अमेरिकाको न्युयोर्क सहरमा विश्वकै सबभन्दा धेरै १४६ जना अर्बपति बस्छन्।
अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो र विश्वका शीर्ष १०० कम्पनीमध्ये आधाभन्दा बढी यही देशका छन्। विश्वमा सबभन्दा धेरै अर्बपति भएका ३२ सहरमध्ये १८ एसियामा छन्।
न्युयोर्कपछि चीनको सेन्जेन सहरमा सबभन्दा धेरै १३२ अर्बपति छन्। चीनको सांघाईमा १२० र बेइजिङमा १०७ अर्बपति छन्।
बेलायतको राजधानी लन्डनमा १०२ अर्बपति छन् भने भारतको आर्थिक राजधानी मुम्बईमा ९५ अर्बपति छन्। त्यसपछि हङकङ (८८), सान फ्रान्सिस्को (८६), मस्को (८२) र चीनको हाङझाउ (६५) छन्।
भारतको राजधानी दिल्लीमा ६४ अर्बपति छन्। यसपछि सिंगापुर (५९), ताइपेई (५१), पेरिस (४४), साओ पाउलो (४१), ग्वाङ्झाउ (४१), लस एन्जलस (४०) र बैंकक (४०) छन्।
इन्डोनेसियाको राजधानी जकार्तामा ३२ अर्बपति, जापानको टोकियोमा ३१, टर्कीको इस्तानबुलमा ३१ र भारतको आईटी राजधानी बेंगलुरुमा ३० अर्बपति छन्। स्टकहोममा २९ अर्बपति, मिलानमा २८, टोरन्टोमा २६, मेलबर्नमा २४ र दुबईमा २४ अर्बपति छन्।




















प्रतिक्रिया