Logo

कर्पोरेट फोकस

उद्योग वाणिज्य महासङ्घको गण्डकी प्रदेश अध्यक्षमा कोइराला निर्वाचित



गण्डकी प्रदेश अन्तर्गत नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् ।

शनिबार राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश अध्यक्षमा विजयी भएका हुन् । ८० मतभार रहेकामा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहेका कोइरालाले ५४ र शर्माले २६ प्रतिशत मतभार प्राप्त गरेका थिए  ।

अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत चयन गरिएको छ । त्यस्तै जिल्ला नगरतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै एशोसिएटतर्फ उपाध्यक्षमा मोतीप्रसाद पौडेल र कोषाध्यक्षमा श्रवणकुमार जोशी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा धर्म बस्याल, मङ्गलप्रसाद श्रेष्ठ, लीलाबहादुर अधिकारी, युवराज राजभण्डारी र उत्तमकुमार कर्माचार्य र एशोसिएट सदस्यमा सूर्य भुजेल चयन भए ।

निर्वाचित अध्यक्ष कोइरालाले उद्योगी व्यवसायीको हकहित र अधिकारका लागि आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १२ पुष २०७७, आईतवार ११:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।