Logo

अन्तर्राष्ट्रिय

कांग्रेसबाट उर्मिलाले पाइन् टिकट, सांसद शेट्टीसँग प्रतिस्पर्धा



भारतीय अभिनेत्री उर्मिला मातोन्डकरले कांग्रेस आइ पार्टीबाट टिकट पाएकी छन् । दुई दिन पहिले कांग्रेस प्रवेश गरेकी उर्मिलालाई पार्टीले लोकसभा चुनावमा उम्मेदवार बनाएको हो । उर्मिला उत्तरी मुम्बईबाट कांग्रेस उम्मेदवार बन्नेछिन् । २७ फब्रअरीमा कांग्रेस अध्यक्ष राहुल गान्धीसँग भेटघाटपछि उर्मिलाले पार्टीको सदस्यता लिएकी थिइन् ।

कांग्रेस प्रवेश गर्नुको कारण बताउदै उर्मिला भनेकी थिइन्, ‘केटाकेटीदेखि नै मलाई महात्‍मा गान्धी, पण्डित जवाहर लाल नेहरू र सरदार वल्‍लभ भाई पटेलको विचारोले प्रभावित गरेको छ । यसैले कांग्रेसमा जाने निर्णय गरे ।’ साथै उर्मिला बाकी जीवन राजनीतिमै रहने बताएकी थिइन् ।

टिकटपाएसँगै उनले भाजपामाथि निशाना साध्दै उनले संविधानमाथि प्रहार भैरहेको बताएकी छन् ।उनले टिकट पाएको क्षेत्र उत्तरी मम्बईको सीटमा भारतीय जनता पार्टी र शिवसेना दबदबा रहेको छ । त्यसैले कांग्रेसको सधै यहाँ कडा प्रतिस्पर्धा हुने गरेको छ । अघिल्लो चुनावमा सो क्षेत्रमा कांग्रेसका संजय निरूपम चुनावी मैदानमा उत्रिएका थिए । निरूपमले भाजपाका सांसद गोपाल शेट्टीसँग भारी मतान्तरले हारेका थिए ।

मुम्बईको ६ लोकसभा सीटका लागि चौथो चरण २९ अप्रिलमा मतदान हुनेछ । उर्मिला मातोन्डकरको प्रतिस्पर्धा सोहि क्षेत्रबाट जितेका भाजपा सांसद गोपाल शेट्टीसँग हुनेछ । शेट्टीले २०१४ मा मोदी लहरका कारण सो सीटमा संजय निरूपमलाई हराएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार ११:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।