Logo

अन्तर्राष्ट्रिय

गाजामा एक बर्षमा २६६ को मृत्यु, ३० हजार घाइते



इजरायलको सिमानामा पर्नेे गाजामा प्रदर्शनका क्रममा गत एक बर्षमा कम्तीमा २६६ जनाको मृत्यु भएको छ भने अरु ३० हजार जना घाइते भएका छन् ।

गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मृत्यु भएका मध्ये ५० जना बालबालिका रहेका छन् ।  त्यसैगरी छ जना महिला, एक जना बृद्ध, तीन जना स्वास्थ्यकर्मी र दुई जना पत्रकार पनि मारिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

सिन्ह्वालाई प्राप्त मन्त्रालयको वक्तव्यमा घाइतेहरूको संख्या ३० हजार ३९८ रहेको उल्लेख गरिएको छ । ती मध्ये १६ हजार २७ जनालाई अस्पताल लगिएको थियो भने ५३६ जना गम्भीर घाइते भएका थिए ।

सोही अवधिमा दुई जना इजरायली सैनिकको पनि मृत्यु भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । प्यालेष्टिनी समूहले इजरायली सीमानामा आगलागी गराउन १९ सय ६३ बेलुन गाजाबाट इजरायल तर्फ उडाएका र यसबाट आठ हजार ‘एकर्ड‘भन्दा धेरै जमिनमा असर पारेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार ०२:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।