अष्ट्रेलिया भ्रमणमा रहेको पाहुना टोली भारतले दोस्रो टेस्टमा जित हात पारेको छ ।
घरेलु टोलीमाथि ८ विकेटको जित निकाल्दै भारतले चार म्याचको सिरिज १–१ को बराबरी गरेको छ । ७० रनको सामान्य लक्ष्य भारतले २ विकेट गुमाएर पुरा गर्यो ।
भारतका लागि ओपनर मयाङ्ग अग्रवाल ५ र चेतेवश्र पुजारा ३ रनमा आउट भएपनि सुभमन गिल र कप्तान आजिक्या रहाणेले टिमलाई जित दिलाए । गिलले ३५ र रहाणेले २७ रन बनाए ।
६ विकेटको क्षतीमा १ सय ३३ रन बनाएर चौथो दिनको खेल थालेको अष्ट्रेलियाले ७७ रन बनाउन बाँकी विकेट गुमायो ।
पहिलो ईनिङ्समा ब्याटिङ्ग गरेको घरेलु टोली १ सय ९५ रनमा अलआउट भयो । जवाफमा कप्तान रहाणेको शतकमा भारतले ३ सय २६ रन बनायो ।
१ सय ३१ रनले पछि परेको अवस्थामा दोस्रो ईनिङ्स सुरु गरेको अष्ट्रेलियाले दोस्रो ईनिङ्समा २ सय रनमात्र जोड्न सक्यो ।
तेस्रो टेष्ट जनवरी ७ मा सिड्नीमा सुरु हुनेछ ।






















प्रतिक्रिया