Logo

अर्थ

सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त



काठमाडाैं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले केसीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

केसीलाई जेठ ११ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको हो । हालसम्म उनी बैंकमा नायब सीईओको रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार १०:३५   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।