नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पछिल्लो समय वाणिज्य बैंकहरुमा कर्जा प्रवाह ह्वात्तै बढेको बताएका छन् । उनले गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आवको पहिलो ५ महिनामा कर्जा लगानीमा २० प्रतिशत बढीको वृद्धि भएको बताएका हुन् ।
बैंकर्स संघको वार्षिक साधारणसभाको अवसरमा बोल्दै संघका अध्यक्ष दाहालले सो बताएका हुन् ।
‘गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको तुलनामा चालु आवको सोही अवधिमा २० प्रतिशत बढी कर्जा प्रवाह भएको छ । त्यसैले पनि हामी पुनरुत्थान तर्फ बढेको संकेत गरेको छ’, उनले भने ।
‘कोभिड १९ को नकारात्मक प्रभावले गर्दा हामी सबै त्यसको असज स्थितिबाट ग्रजिरहेका छौं । अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भएता पनि केही क्षेत्र बाहेक अहिले अधिकांश क्षेत्रहरु सञ्चालनमा आएकोले आशाको सञ्चार भएको छ’ उनले भने ।
व्यवसाय पुनरुत्थानको लागि आवश्यक रकमको सहज उपलब्धता, कर्जाको कम व्याजदर, कर्जाको पुनर्तालिकीकरण र पुर्नसंरचनाको व्यवस्था आदिका कारणले पनि देशको अर्थतन्त्र चाडै पुनरुत्थान हुन सक्ने उनको भनाई छ । उनले बैकिङ क्षेत्रमा इमान्दारीपूर्वक काम गर्ने कर्मचारी पनि त्रासमा बाँच्नु परेको बताउँदै यस्तो अवस्था हटाउन माग गरेका छन् ।
प्रतिक्रिया