बैंक तथा वित्तीय संस्थाहरु भनेका पारदर्शी संस्थाहरुमा गनिन्छन् । अझ नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरीवेक्षण गर्ने भएकाले पनि बैंकहरुलाई सुरक्षित मानिन्छ । तर एउटा यस्तो बैंक, जसको मनपरी सुनिनसक्नुको छ ।
तपाईले सामान्य अर्थमा बुझ्नुस तपाईलाई जग्गा किन्नका लागि ऋण चाहिँयो बैंकले कति देला ? बैंकले तपाईको लिन चाहेको जग्गाको मूल्यांकन गर्छ र त्यसको ४० प्रतिशत बैंकले ऋण दिन्छ । बाँकी सबै रकम तपाई आफैले जुटाउनु पर्ने हुन्छ । अर्थात ल्याण्ड पर्चेज ऋण तपाईले ४० प्रतिशतमात्रै पाउनु हुन्छ ।
अन्य शिर्षकमा दिने कर्जाहरुमा पनि त्यस्तै हुन् । धितो जति छ त्यसको केहि प्रतिशत बैंकहरुले जोखिम मूल्यांकन गरेर लगानी गर्छन । जति धितो छ त त्यो भन्दा धेरै भने बैंकले लगानी नै गर्दैनन् । तर पहिलो महिला सीईओ भएको भन्दै प्रचारमा रमाएको मेगा बैंकले ऐन नियमको खिल्ली उडाएर निकै मनपरी गरेको छ ।
मेगा बैंकले ६० लाख रुपैयाँको मात्रै सम्पत्ति भएको एक कम्पनी धितोमा राखेर बैंकले ८ करोड रुपैयाँ लगानी गरेको पाइएको छ । बैंककी सीईओ अनुपमा खुञ्जेली र उच्च तहका केहि कर्मचारी मिलेर सेटिङमा २० लाख ऋण पाउन पनि नसक्ने कम्पनीलाई करोडौं ऋण लगानी गरिएको श्रोतको दावी छ ।
श्रोतका अनुसार सीईओकै सेटिङमा करोडौ ऋण लिन सफल ति व्यक्ति अहिले प्रहरीको फरार सूचीमा रहेकी छिन् । हामीले यस सम्बन्धी सम्पूर्ण प्रमाणहरु समेत फेला पारेका छौं । अपरादर्शीता र मनपरीका विरुद्ध हामी नियमित सत्यतथ्य समाचार सम्प्रेषण गर्दै जानेछौं ।
हेर्नुस् केहि प्रमाणहरु :
याे पनि
मेगा बैंककाे हालत खराब, अर्बौ ऋण जोखिममा
मेगा बैंकमा काण्डै काण्ड, लगातार समाचार बाहिरिएपछि बैंकको डिटेल नबाँडौं भन्दै रुवाबासी
जनताको पैसा डुबाउँने मेगा बैंकको यस्तो कर्तुत : कालोसूचीमा नाम, जति चाहियो त्यति लान पाईंने दाम
मेगा बैंकको अर्को काण्ड बाहिरियो, १२ दिनमा दुई पटक ऋण दिएर ३५ दिनको दौडधुप
बिचौलियाको कब्जामा मेगा बैंक, हिरासतमा रहेका ग्राहकको हस्ताक्षरमा करोडौं साफ
प्रतिक्रिया