Logo

सन्दीपको टोली सीपीएलको सेमिफाइनलमा



 नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबिन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलमा स्थान बनाएको छ ।

गएराति भएको सुरु खेलमा जमैका र सेन्ट किट्स एण्ड नेभिज प्याट्रियटबीचको खेल वर्षाको कारण रद्द भएपछि दुवैले १–१ अंक बाडेका थिए । साथै, पछ्याइरहेको टोलीको हारपछि जमैका सेमिफाइलनमा पुगेको हो ।

ब्रायन लारा मैदानमा सुरु भएको खेलमा जमैकाले टस जितेर पहिले बलिङ रोजेको थियो । सेन्ट किट्सले ५.४ ओभरमा कुनै विकट नगुमाइ ४६ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएपछि दुवैले अंक बाँडेका हुन् ।

यस्तै, शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्सले बार्बाडोस ट्रिडेन्ट्सबीचको खेलमा बार्बाडोस पराजित भएपछि जमैका सेमिफाइनलमा पुगेको हो ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार