Logo

मधेश प्रदेश

मन्त्री बन्नासाथ प्रभु शाहको शक्ति उन्माद, पैदलयात्रुलाई ठक्कर दिएर फरार



जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरेको आरोप सहित पार्टीका कार्यकारी अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड पक्ष र ओलीपक्षबीच पार्टीको आधिकारिकता तानातान हुँदा मन्त्री पद पाएपछि ओली समूहमा लागेका नेता प्रभु शाहले आफ्नो शक्ति उन्माद देखाउँन थालेका छन् ।

आज सर्लाहीमा आफू सवार गाडीले एक पैदलयात्रुलाई ठक्क दिदा पनि देखेको नदेख्यै गरेर फरार भएका मन्त्री शाहले आफ्नो उन्माद यसरी देखाएका हुन् ।  प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ ।

पूर्व पश्चिम राजमार्गको हरिवनमा शहरी विकासमन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर ८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिदा तामाङ सडकमा ढलेपछि मन्त्री शाह भागेको स्थानीयवासीले बताएका छन् । 

प्रकाशित मिति : पुष १७, २०७७ शनिबार  ३ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।