Logo

समाचार

“बडुल्की”मा खुमनलाई अनुको साथ(भिडियो सहित)



खुमन अधिकारी एक लोकप्रिय लोक तथा दोहोरि गायक हुन् । कर्णप्रिय आवाजका धनि अधिकारीलाई नचिन्ने प्राय बिरलै होलान । उनले गायका थुप्रै गीतहरु चर्चित छन् । पछिल्लो पटक अधिकारी अभिनयमा पनि सक्रिय देखिए ।

उनले यो सिद्ध गरिदिएका छन् कि उनि एक गायक मात्रै नभइ अभिनयमा पनि उत्तिकै पोख्त छन् । उनले आजसम्म हजारौ गीतमा आफ्नो कणप्रिय आवाज दिइसकेका छन् । त्यसमा पनि उनि नृत्य गर्न एकदमै सक्षम छन् भन्ने प्रष्ट भएको छ, बडुल्कीबाट । बडुल्की भर्खरै बजारमा सार्वजनिक भएको लोकदोहरी गीत ।

गीतमा स्वयम गायक अधिकारी र रमिला न्यौपाने को आवाज छ । गितमा खुमन खुलेर नाचेका छन् । खुमनलाई अनु पराजुलीले साथ दिएकी छन् । पछिल्लो समय लोकबजारमा अनुको चर्चा भैरहेको छ ।

“केसरी” अनुले अभिनय गरेकोको पछिल्लो समयको चर्चित गीत हो । उक्त गीत २ महिना अगाडी सार्वजनिक भएको हो । गीत युट्यूवमा अहिलेसम्म २८ लाख पटक हेरिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार ०१:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।