Logo

कोशी प्रदेश

भारतमा रेलले किच्दा काँकडभिटाका एउटै परिवारका २ को मृत्यु



रेलले किच्दा झापाको काँकडभिटाका एउटै परिवारका दुई जनाको भारतमा मृत्यु भएको छ । एक जना घाईते भएका छन् । मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका ७ का इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन छन् ।

घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छन् । आफन्त भेट्न टिष्टा पुगेकाउनिहरुलाई शनिबार दिउँसो भारतको बाघपुल नजिक उनीहरुलाई रेलले किचेको हो ।उनलाई विराटनगरस्थित नोवेल अस्पतालमा राखिएको छ ।

मृतक इन्द्रका दाजु खेमराज श्रेष्ठलेका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित चारजना बुधबार काँकरभिट्टा घरबाट निस्केका थिए । शनिबार बिहान खाना खाएर रेलको लिक नजिकैको रुखको फेदमा शीतल खोज्दै गएका इन्द्रलाई तीव्रगतिमा आएको रेलले किचेको थियो।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार ०१:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।