Logo

प्रदेश

नेपालबाट श्रीमती लिन मुम्बई गएका एक युवकको रेलबाट खसेर मृत्यु



नेपालबाट श्रीमती लिन मुम्बई गएका एक युवकको रेलबाट खसेर मृत्यु भएको छ ।

भारतको मुम्बईमा रेलबाट खसेर अछामको मङ्गलसैन नगरपालिका–८ वलिगाउँका ३० वर्षिय मोहन परियारको भारत गुजरातको बापीबाट महाराष्ट्रको मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर ज्यान गएको हो ।

रेलबाट खसेका मोहनको घटनास्थलमै ज्यान गएको त्यहाँ रहेका उनका गाउँले कमल रावलले जानकारी दिए । नेपालबाट गएकी श्रीमतीलाई लिन बापीबाट मुम्बई जाँदै गरेको अवस्थामा रेलबाट खसेर घटनास्थलमै ज्यान गएको रावलले बताए ।

गुजरातको बापीमा काम गर्दै आएका मोहन आफन्तसँग महाराष्ट्रको ठाणेसम्म पुगेकी श्रीमती डुप्की परियारलाई लिनका लागि रेल यात्रा गर्दै त्यहाँ गइरहेका थिए । घरबाट आएकी श्रीमती डुप्की परियार भेट्न नपाउँदै ठाणे जाने क्रममै मुम्बईको पालघरमा मृत्यु भएको हो । भारतको पालघरमा शवपरीक्षण भएपछि आफन्तले शव बुझेर सोमबार दाहसंस्कार गरिएको बताइएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार ०२:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।