Logo

समाचार

रवीको “दिलको फ्रेममा” पुष्प र आँचल (भिडियो)



नेपाल आइडल सिजन २ का बिजेता तथा गायक रवि ओडको न्याँ गीत सार्वजनिक भएको छ ।

ओडको दिलको फ्रेममा’को म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा रवि ओड र पुष्पा पौडेलले आवाज दिएका छन् भने दीपक शर्माले संगीत गरेका छन् ।

सुब्रतराज आचार्यको निर्देशन बनेको गीतको म्यूजिक भिडियोमा नायक पुष्प खड्का र नायिका आँचल शर्मा फर्चड छन् ।

गीतको म्यूजिक भिडियोले युवा पुस्ताको माया प्रेम र यही विषयमा गरिने घोचपेचलाई कलात्मक शैलीमा प्रस्ततु गरेको छ । गीतमा रवि ओड स्वयमको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार ०१:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।