Logo

बैंकिङ

नयाँ नक्सा भएको १ रुपैयाँको सिक्का छाप्दै राष्ट्र बैंक, ३० करोड सिक्का छाप्‍न टेन्डर



नेपाल राष्ट्र बैंकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको मुलुकको नयाँ नक्सा भएको एक रुपैयाँको सिक्का छाप्‍ने भएको छ । ३० करोड सिक्का छाप्‍नका लागि राष्ट्र बैंकले टेन्डर खुलाएको हो ।

भदौ २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा समेट्न स्वीकृति दिएको थियो ।  सोही अनुसार राष्ट्र बैंकले टेन्डर खुलाएको हो ।

२०७४ सालमा राष्ट्र बैंकले एक र दुई रुपैयाँ दरका सिक्का छापेको थियो । अघिल्लोपटक राष्ट्र बैंकले ०६६ सालमा उक्त दरका सिक्का छाप्‍न दिएको थियो।

छाप्‍न दिएको करिब दुई वर्षपछि ०६८ सालमा सिक्का ल्याइएको थियो । त्यसबेला एक रुपैयाँ दरका ५२ करोड रुपैयाँको र दुई रुपैयाँ दरका ४४ करोड रुपैयाँको सिक्का छापिएको थियो । दुई रुपैयाँ दरका २० करोड सिक्का छाप्नका लागि पनि छुट्टै टेन्डर खुलाउने तयारीमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० पुष २०७७, सोमबार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।