किन कीन सगरमाथा झुके जस्तो लाग्यो
चन्द्रमाको दीयों आँफै सुके जस्तोलाग्यो ।।
लायौबल चिर्यौ योनी पारेउ छिया छीया
पाप धर्म भन्नी कुरा लुके जस्तो लाग्यो ।।
अझै मन भरीएन थिच्यौ घांटी पनी
मान्छेहरु अब राक्षस भछन जस्तै लाग्यो ।।
चिच्याएको थे नेपाली न्याय माग्दै मेरो
कठै सबको घांटी पनी सुके जस्तै लाग्यो ।।
नरोउ आमा नरोउ बुवा नरोउ मेरो देश
मैले न्याय पाउने ठाउं नै चुके जस्तो लाग्यो ।।
दोषी एउटा दोष अर्कोलाइ ल्याइ खडा गरेउ
अदालतको नियम अब थुके जस्तो लाग्यो ।।
मरेपनी हेरेको छु टुलुटुलु मैले
त्यो दुस्टलाइ सजाय केवल भुके जस्तो लाग्यो ।।
शान्ती मिल्ने छैन त्यसलाइ जहाँ गएपनी
कहीं कतै यो सरकारनी चुके जस्तै लाग्यो ।।
अन्जना ढकाल : ‘हाल’ टोक्यो जापान





















प्रतिक्रिया