साताको अन्तिम कारोबार दिन आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । सेयर बजार मापन गर्ने नेप्से परिसूचक आज २ प्रतिशत अर्थात ३० दशमलव ७८ अंकले बढेर १५७२ दशमलव १९ बिन्दुमा रोकिएको छ ।
आज कारोबारमा आएका १९१ कम्पनीको १ करोड १७ लाख ५९ हजार ७ सय ९१ कित्ता सेयर बिक्रि हुँदा ३ अर्ब ३० करोड १ लाख ३४ हजार १२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज निर्जिबन बिमा कम्पनीबाहेकका सबै उपसूचकहरुमा हरियाली छाएको छ । होटलको समुहको उपसूचक सबैभन्दा बढी अंकले वृद्धि भएको छ ।
त्यस्तै आज हिमाल दोलखा हाइड्रोपावर, रिलायन्स लाइफ इन्स्योरेन्स, सोल्टी होटल र तारागांव रीजेन्सी होटलको सेयरमा सकरात्मक सर्किट लागेर बन्द भएका छन् ।
यसरी नै आज कारोबार रकमका आधारमा नेपा पुर्नबिमा कम्पनीले अधिपत्य जमाएको छ । कम्पनीले आज १३ करोड १५ लाख ६ हजार १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया