Logo

बैंकिङ

ग्लोबल आइएमई बैंकले ल्यायो स्मार्टमा क्यासब्याक योजना



ग्लोबल आइएमई बैंकले स्मार्टमा क्यासब्याक योजना ल्याएको छ । बैंकले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी सो योजना ल्याएको हो ।

बैंकको मोबाइल बैकिङरग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रकारको कारोबार गरेका ग्राहकले ग्लोबल स्मार्ट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा ९वालेट लोड तथा मोबाइल टपअप बाहेक० ५० रुपैयाँ पाउने छन् । र, क्यू आरमार्फतको पहिलो भुक्तानीमा १०० रुपैयाँ नगद प्राप्त ९क्यासब्याक० गर्ने छन् ।

हाल बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सीडीएस क्लियरिङ्ग काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर तथा ३ वैदेशिक प्रतिनिधिरसम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट आफ्ना ग्राहकतथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : पुष २३, २०७७ बिहीबार  १० : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।