Logo

बैंकिङ

माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्टबीच व्यवसायिक सम्झौता



 माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्टबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसैगरि, पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।  बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटरक्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । 
 
बैंकले देशभर रहेका विभिन्न संघ संस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

 
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १४८ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा ३१३ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १९८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : पुष २३, २०७७ बिहीबार  १० : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।