नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ भने चाँदीको भने स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन १ सय रुपैयाँले घटेको हो ।
बिहीबार ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार १ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार ३३० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया