Logo

पत्रपत्रिका

पक्राउ पुर्जी जारी गरेलगत्तै ओझा र अभिनेत्री शिल्पा भूमिगत



चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह मुद्दामा प्रहरीबाट पक्राउ पुर्जी बुधबार जारी भएको थियो ।

सो पुर्जीपछि निर्माता ओझा र अभिनेत्री शिल्पा भूमिगत भएका छन् । यी दुई जनालाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ । र, खोजी कार्य तीव्र पारेको छ ।

केही दिनअघि अभिनेत्री शिल्पा भोजपुरी फिल्मको छायांकनका लागि धरानमा थिइन् । अहिले उनी कसैकाे सम्पर्कमा छैनन् । छविराज काठमाडौंमै रहेको बुझिएको छ । बुधबार पक्राउ पुर्जी जारी गरेपछि फिल्मको छायांकनस्थलबाट अभिनेत्री शिल्पा भूमिगत भएको चलचित्र युनिटका एक व्यक्तिले जानकारी दिए ।

राजधानी दैनिकबाट

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार ०३:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।