Logo

विविध

कारागार कार्यालय, नुवाकोटलाई पुस्तक हस्तान्तरण 



महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, नुवाकोटको संयुक्त आयोजनामा कारागार कार्यालय, नुवाकोटलाई २०७७ माघ १ गते कैदीबन्दीलाई अध्ययन गर्नका लागि पुस्तक हस्तान्तरण गरिएको छ । 

कारागार कार्यालय, नुवाकोटको परिसरमा आयोजित कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री झंकनाथ ढकाल, जिल्ला न्यायाधिवक्ता श्री टेकराज भुषाल महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले कारागार कार्यालय, नुवाकोटका प्रमुख श्री दुर्गा वाग्लेज्यूलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।  संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा नेपालको संविधान, ऐन, नियमका संग्रह लगायतका साहित्य, इतिहास सहित अन्य पठनीय सामाग्रीहरू कैदी बन्दीलाई अध्ययन गर्नका लागि हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री झंकनाथ ढकालले महान्यायाधिवक्ताको कार्यालयले आठ वटा कारागारहरूका लागि पुस्तक खरिद गरी हस्तान्तरण गर्ने कार्यको थालनी गरी अत्यन्तै सर्हानिय काम गरेको मा आभार प्रकट गर्दै कारागारमा पुस्तकालयको विकासले कैदीवन्दीहरूलार्इ अध्ययन गर्न प्रेरित गरी सकारात्मक उर्जा विकास हुने विश्वास व्यक्त गर्नुभयो । 

यस्तै  जिल्ला न्यायाधिवक्ता श्री टेकराज भुषालले सजाय सम्वन्धी नयाँ र सुधारात्मक व्यवस्थाको कार्यान्वयन तथा कारागारको अनुगमन र सुधारमा महान्यायाधिवक्ताको कार्यालयले कारागार अनुगमन गरी सम्बन्धित निकायलार्इ निर्देशन, सुझाव र प्रतिवदेन दिने गरे अनुरुप कारागार सुधारका लागि पुस्तकालय सुदृढीकरणका लागि एउटा ईट थपिएको जानकारी गराउनुभएको थियो । 

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार १०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।