Logo

अचम्म

आशा बुढी भई आश छैन, खुशी गर्भवती भई खुशीको सीमा छैन



तपाईको पत्नी गर्भवती हुँदा तपाई कत्तिको खुशी बन्नुहुन्छ ? पक्कै पनि बन्नुहुन्छ । तर, तपाईको बस्ती वा सहर खुशी भएको देख्नुहुन्छ ? त्यस्तो नहुन सक्छ ।

तर, जनावर गर्भवती हुँदा भारतको छत्तिसगढ राज्यमो अहिले खुशीको सीमा छैन । त्यस राज्यको राष्ट्रिय जनावर मानिएका अर्नाका दुई पोथी छन्, आशा र खुशी नामका । जम्मा ८ वटा मात्र अर्ना छन्, जुन लोपोन्मुखमा पर्छन् । त्यस मध्येकी आशा बुढी भइसकेकी छन्, आश थिएन । तर, खुशी गर्भवती भएपछि पुरै राज्य खुशीले मख्ख छ ।

तीन दशक यता छत्तिसगढमा यो अर्नाको प्रजातिको संख्यामा ५० प्रतिशतले कमी आएका कारण लोप हुने अवस्थामा थियो, अहिले खुशी गर्भवती भएपछि भने केही सन्तोष मिलेको छ । उसको स्वास्थ्यको पूरा ख्याल राखिएको छ ।

अर्नाको स्वास्थ्य जाँच गर्न बेलाबेलामा भेटनरी डाक्टर पनि आउँछन् । यो महिनाको अन्त्य सम्ममा यो अर्नाले बच्चा जन्माउने सम्भावना छ । अर्नाले बच्चा जन्माएसँगै यस प्रजातिको संरक्षणमा महत्वपूर्ण सफलता प्राप्त हुने वन विभागको भनाई छ ।

त्यसैले अर्नाको संख्या बढ्न सक्ने भएका कारण त्यस राज्यमा खुशी बढेको हो ।

पुरुषले पहिलो पटक महिलालाई हेर्दा के हेर्छन् ?

पुरुषले पहिलो पटक महिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त ?

यो कुरा धेरै महिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ । धेरै जसोलाई लाग्ला पुरुषले महिलाको शरीरको अंग हेर्ने गर्छन् तर, यो गलत हो । एक अध्ययनका अनुसार पुरुषहरु पहिलो पटक मै महिलाहरुको मुस्कानमा फिदा भएको पाइन्छ । एकै नजरमा पुरुषहरुले महिलाबाट एक मिठो मुस्कानको अपेक्षा गरेको हुन्छ ।

मुस्कुराइरहने केटिसँग कुरा गर्न निकै सजिलो हुने भएकोले पुरषहरु यस्ता महिलाहरुसंग छिट्टै आकर्षित हुने गरेको पाइन्छ । मुस्कानबाट लट्ठ भए पछि एक पुरुषले महिलाहरूको स्वरलाई बिशेष ध्यान दिएको हुन्छ । युवतीको जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने आधार भएको कारणले पनि पुरुषहरु महिलाको आवाजमा लट्ठीने गर्छन् । शरीरको अंगभन्दा पनि पुरुषले महिलाहरुको आँखामा बढी ध्यान दिने गर्छन् ।

आँखाले एक मानिसको बारेमा धेरै कुरा बताउने भएको कारणले पहिलो नजरमा पुरुषले एक महिलासंग आँखा जुधाएर हेर्न खोज्छन् । यसपछि पुरुषले एक महिलाको कपाल खुल्ला छ कि बाँधिएको छ भनेर विशेष चासो दिने गरेको पाइन्छ । आफूलाई मनपरेको महिलाको कपाल खेलाउन पुरूषहरूको चाहना हुने हुँदा पुरूषहरूले खुल्ला कपाल भएको महिलाहरु मन पराउने देखिन्छ ।

यसपछि पुरुषले एक महिलाको शरीरको तौल, उसका हात, खुट्टा, छाला तथा लुगा लगाउने तरिका हेर्ने गर्छन् । पुरुषहरुलाई दुब्लो भन्दा पनि अलि अलि मोटो, स्वास्थ्य महिलाहरु मन पर्ने हुन्छ । धेरै जसोलाई लाग्ला पुरुषहरुलाई लुगाको विषयमा धेरै कुरा थाहा नहुन सक्छ भनेर तर, तपाईँ गलत हुनुहुन्छ । यस्तो कुरामा चासो नदेखाएपनि पुरुषहरुलाई यस्तो विषयमा सबै कुराहरु थाहा भइरहेको हुन्छ ।

 

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलवार १६:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।