Logo

अचम्म

तपाई लामो समय बाच्न चाहानुहुन्छ ? त्यसो हो भने विवाह नगर्नुहोस् ।



आफू अविवाहित भएकै कारण लामो जीवन बाँचेको १०७ वर्षीया एक महिलाले दाबी गरेकी छन् । न्यूयोर्कको बर्नक्समा बस्ने लुइस सिग्नोरले बुधबार आफ्नो १०७औं जन्मदिनमा विवाह नभएकै कारण आफू लामो जीवन बाँचेको खुलासा गरिन् ।

सिग्नोरले आफ्नो जन्मदिन बार्टो समुदायमा मनाइन । जहाँ १०० जना भन्दा बढी उपस्थिति थिए । सीएनएनका अनुसार उनी सन्तुलित भोजन र नियमित व्यामलाई नियमितरुपमा मिलाउछन् । एक सताब्दीसम्म पनि किन उनले रमाइलो गरी जीवन बिताइरहेकी छन् भन्ने प्रश्नमा, उनले भनिन्, अहिलेसम्म आरामदायी दिन्दगी बिताइरहेकी छु ।

जब अरुले व्यायाम गरेको देखिन्छन् देख्छिन् अहिले पनि उनी व्यायाम गर्छिन। खाना पश्चात् उनी बिङो खेल्छिन्। त्यसरी नै आफ्नो दिनचर्या बिताउछिन्। जीवनलाई खुसी बनाउन, स्वस्थ राख्न उमेरले फरक पार्दैन ।

म सोच्ने बिहे नगर्नुले नै स्वस्थ जीवन बिताइराखेको छु। लामो जीवन बिताइरहेकी छु। मेरो बहिनीले पनि भन्छिन्, म पनि कहिल्यै बिहे गर्दिन । मेरो बहिनी अहिले १०२ वर्षकी भइन् । एलिया मोर्फी ११४ वर्ष सबैभन्दा लामो जीवन बाच्ने गर्ने महिला हुन् । अहिलेसम्म सबेभन्दा बढी बाच्ने रेकर्ड पनि उनकै नाममा छ । उनी युनाईटेड स्टेसको मोर्फी हार्लेममा बस्थिन्। जहाँ सिग्नोर जन्मिएकी हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार ०८:२०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।