साताभर २५.२८ अंकले ओरालो लागेको सेयर बजार मापक नेप्से परिसूचक र ह्वात्तै घटेको कारोबारले लगानीकर्तालाई निराश बनाएको छ । लगानीकर्ताका लागि निराशाजनक नै रहेको यो साता नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन र पूँजीगत लाभकरको विवादका कारण नेप्से परिसूचकसँगै कारोबार पनि अघिल्लो दिनको तुलनामा जुन अघिल्लो साताको तुलनामा झण्डै ६७ करोडले गिरावट आएको हो ।
पाँच कारोबार दिनमध्ये चारै दिन ओरालो लागेको बजारमा बुधवार भएको सामान्य सुधारले कारोबार रकम बढाउन नसक्दा लगानीकर्ताको मनोबल बढाउन सकेन ।
समग्रमा यो साताको सेयर बजार २५.२८ अंकले गिरावट आएर लगानीकर्ताको मनो वैज्ञानिक विन्दुको नजिक अर्थात १२ सयको रेञ्जमा जाँदैछ । अघिल्लो साताको अन्तिम दिन बिहीबार १२६३.८४ अंकबाट सुरु भएको सेयर बजार साताको अन्तिम दिन १२३८.५६ अंकमा पुगेर रोकिएको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ३.७७ अंकले ओरालो लागेर २६८.०१ अंकमा पुगेर अडिएको छ ।
साताको कारोबार शुरु हुँदै गर्दा पूँजीगत लाभकर नसुल्झिदा तनाबमा रहेका लगानीकर्तालाई नेपाल राष्ट्र बंैकले दिएको निर्देशनले साताको अन्तिममा पनि निराश बनायो । साताको मध्यतिर अर्थ मन्त्रालयले पूँजीगत लाभकरको विषय टुंग्याउन नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएपछि लगानीकर्तामा उत्साह छाए पनि त्यो दिगो हुन सकेन । यता नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि यसलाई टुंगोमा पु¥याउन सकेको छैन ।
लगानीकर्ता कृष्ण पोख्रेल बोर्डको बेवास्ताको कारण शेयर बजारले गतिलिन नसकेको बताउनुहुन्छ । राष्ट्र बैंक र अर्थ मन्त्रालय शेयर बजारप्रति निर्मम बने पनि यसको रक्षार्थ बोर्डको सक्रियता देखिनुपर्नेमा उहाँको जोड छ । केन्द्रिय बैंकले गत सोमबार स्प्रेडदरको गणना विधि परिमार्जन गर्दै त्यसमा सरकारी सुरक्षणबाट प्राप्त आम्दानीलाई नजोड्ने व्यवस्था गरेपछि बैंकहरूको नाफा २५ प्रतिशतभन्दा बढीले घट्ने अनुमानसँगै लगानीकर्ताको मनोबल खस्किएको हो ।
स्प्रेड गणनाको सूत्र परिवर्तन गर्दा बैंकहरूको नाफा २५ प्रतिशतसम्मले घट्ने अनुमान गरिएको छ । पुँजीकोष अनुपात बढाउने व्यवस्थाले पनि लगानी खुम्चिने भएकाले बैंक तथा वित्तीय संस्थाको वर्चस्व रहेको सेयर बजार प्रभावित बनाएको कतिपयले विश्लेषण गरेका छन् । साथै, भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनामा निकालिएको अन्यौलता समाधान भई नसकेकाले पनि लगानीकर्ता उत्साहित हुन नसकेका हुन् ।
अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई यो समस्या समाधान गर्न निर्देशन दिइसकेको हुँदा लगानीकर्ता आशावादी हुने ठाउँ बाँकी रहेको छ । तुलनात्मक रुपमा मूल्य कम भएकाले यतिबेला सेयर किन्ने लगानीकर्तालाई जोखिम भने छैन । सूचीकृत कम्पनीहरूले नाफा बृद्धि गरेकै छन् । अब केही समयपछि लाभांश घोषणा गर्ने क्रम सुरु हुँदा यतिबेला सेयर किन्नेले छोटो समयमै लाभांशको हकदार हुन सक्नेमा शंका नरहेको विश्लेषक जगदिश शर्माको भनाई छ ।
१२ सयको विन्दु पछ्याउँदै नेप्से परिसूचक
समग्रमा यो साताको सेयर बजार २५.२८ अंकले गिरावट आएर १२३८ को विन्दुमा आएर अडिएको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबार १२६३.८४ अंकबाट सुरु भएको बजार साताको अन्तिम दिन १२३८.५६ अंकमा ओर्लिएको हो ।
साताको अन्तिम दिनको सेयर बजार पनि दोहोरो अंकले ओरालो लागेरै बन्द भएको सेयर बजारले १२ सयको विन्दु पछ्याउँदै लगानीकर्तालाई निराश बनाउँदै बन्द भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबारको सेयर बजार ९.९२ अङ्कले ओरालो लागेर १२३८.५६ अङ्कमा पुगेर अडिएको छ । त्यसैगरी, क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि १.९६ अङ्कले ओरालो लागेर २६८.०० अङ्कमा पुगेको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.७९ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले ओरालो लागेको छ ।
झण्डै ६७ चार करोडले ओरालो लाग्यो साताको कारोबार
नेप्से परिसूचकको गिरावटसँगै यो साताको कारोबार पनि अघिल्लो साताको तुलनामा ह्वात्तै घटेको छ । यो साताभर कुल १८४ कम्पनीको ७४ लाख ३८ हजार ८५० कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १९ करोड १३ लाख ९० हजार रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो साताको तुलनामा झण्डै ६७ चार करोडले गिरावट आएको हो ।
अघिल्लो साताभर कुल १७३ कम्पनीको ७४ लाख ८१ हजार ४५० कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ८६ करोड २२ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । यो भने अघिल्लो साताको तुलनामा झण्डै चार करोडले बढी हो ।
साताको अन्तिम दिन बिहीबार १६६ कम्पनीको १८ लाख ७७ हजार ५४२ कित्ता सेयर खरिदबिक्री हुँदा ४५ करोड ४६ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा झण्डै १० करोडले कमी हो । बुधबार १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता सेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरिद बिक्री भएको थियो । यो रकम पनि अघिल्लो दिनको तुलनामा करिब नौ करोडले कमी थियो ।
बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकममा त्यस अनुसारको सुधार भएन । बुधवार १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता सेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरिद बिक्री भए । उक्त रकम अघिल्लो दिनकोभन्दा करिब नौ करोडले कम हो । यस दिन कारोबारमा आएका ९३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ वटा कम्पनीको सेयरमूल्य घट्यो । २५ वटा कम्पनीको सेयर मूल्यमा परिवर्तन भएन ।
मङ्गलबार १४ लाख १६९ कम्पनीको ४९ हजार ६९७ कित्ता सेयर खरिदबिक्री हुँदा ४५ करोड सात लाख ५५ हजार १८२ रुपियाँभन्दा बढीको सेयर कारोबार भएको थियो । जुन अघिल्लो दिनको तुलनामा एक करोडले बढी हो । सोमबार १६७ वटा कम्पनीको १५ लाख पाँच हजार ५०६ कित्ता शेयर खरिद बिक्री हुँदा ४४ करोड ३२ लाख पाँच हजार ४८१ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । यो भने अघिल्लो दिनको तुलनामा तीन करोडले कमी थियो ।
पहिलो दिन आइतबार १६९ वटा कम्पनीको १४ लाख ६७ हजार ४६४ कित्ता शेयर खरिद बिक्री हुँदा ४७ करोड ४१ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । जुन अघिल्लो दिनको तुलनामा १२ करोडले कमी हो । बिहीबार १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता सेयर खरिदबिक्री हुँदा ५९ करोड रुपियाँभन्दा बढीको कारोबार भएको थियो । जुन अघिल्लो दिनको तुलनामा २४ करोडले बढी थियो । अघिल्लो दिन परिसूचक बढे पनि कारोबार रकम भने औसत रहेको थियो ।
उच्च कारोबार गर्नेमा बैंक बर्चस्व
यस साता सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको पँक्तिमा क्रमशः कृषि विकास बैंक, नेपाल बैंक, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट रहेका छन् ।
अन्तिम दिन रसुवागढी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९ करोड ७६ लाख रुपियाँ बराबरको शेयर कारोबार भयो भने साञ्जेन जलविद्युतको पनि पाँच करोड १३ लाख रुपियाँ बराबरको शेयर कारोबार भयो ।
नेपाल बैंकको दुई करोड रुपियाँ बराबरको शेयर कारोबार हुँदा नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिभिल बैंकको संस्थापक शेयर र कृषि विकास बैंकको पनि एक करोड रुपियाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
बुधबार नेपाल बैंकको दुई करोड रुपियाँ बराबरको शेयर कारोबार हुँदा नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिभिल बैंकको संस्थापक शेयर र कृषि विकास बैंकको पनि एक करोड रुपियाँभन्दा धेरैको शेयर कारोबार भएको छ । चार करोड ४५ लाख ९७ हजार २६१ रुपियाँको कारोबारसहित कृषि विकास बैङ्कको सेयर शीर्ष स्थानमा रह्यो ।
मङगलबार कारोबार रकमका आधारमा आठ करोड ५४ लाख रुपियाँभन्दा बढीको कारोबार भएर कृषि विकास बैंक अग्रस्थानमा छ । सेयर खरिदबिक्री रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र एनआइसी एसिया बैंक परेका छन् । यस दिन सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ता २.७४५ का दरले उकालो लागेका छन् । तेस्रो दिन सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १०५ रुपियाँले आरालो लाग्दा यसका लगानीकर्ता धेरैले ओरालो लागेका छन् ।
सोमबार कारोबारका आधारमा दुई करोड ६९ लाख ७८ हजार रुपियाँ बराबरको सेयर कारोबार भएर नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । सोमबार सर्वाधिक कमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४.०४ प्रतिशतले उकालो लागेको छ । साथै सर्वाधिक गुमाउनेमा स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९.९१ प्रतिशतले ओरालो लागेको छ ।
आइतबार नेपाल बैंकको सबैभन्दा धेरै पाँच करोड १२ लाख रुपियाँ बराबाबरको सेयर कारोबार भएको छ भने कृषि विकास बैंकको पनि दुई करोड ९५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । आइतबार उच्च कारोबार गर्ने १० कम्पनीमा सात वटा वाणिज्य बैंक रहेका छन् ।
समूहगत परिसूचक पनि ओरालै
समूहगत परिसूचकलाई हेर्दा यो साता १२ वटा परिसूचक कारोबारमा आएको छ । कारोबारमा आएका सबै समूहगत परिसूचक घट्दा व्यापार समूह मात्रै बढेको नेप्सेको तथ्याङ्कले देखाएको छ । साताको पहिलो दिनको तुलनामा अंकका आधारमा सबैभन्दा धेरै निर्जीवन बिमा समूह घटेको छ । यसको सेयर मूल्य ९० दशमलव ८७ अंकले घटेको छ ।
जलविद्युत् ६० दशमलव ९४ अंकले, उत्पादन तथा प्रशोधन ५७ दशमलव १५ अंकले, लघुवित्त ४५ दशमलव ८९ अंकले, होटल ३१ दशमलव १५ अंकले, जीवन बिमा २८ दशमलव ४७ अंकले, विकास बैंक १८ दशमलव १३ अंकले, बैंकिङ १४ दशमलव ७६ अंकले, वित्त ११ दशमलव २२ अंकले, अन्य ७ दशमलव ५१ अंकले र म्युचुअल फन्ड शून्य दशमलव ५ अंकले घटेको छ । व्यापार समूहमा मात्रै साताको पहिलो दिनको तुलनामा साताको अन्तिम दिन बिहीबार ४ दशमलव ९२ अंकले बढेको नेप्सेको तथ्यांकमा उल्लेख छ ।
अन्तिम दिन कारोबारमा आएका सबै समूहका सूचक ओरालो लागेका थिए । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ७५।४३ अंकले ओरालो लागेको थियो भने वाणिज्य बैंक समूहको सूचक पनि ५.५४ अंकले ओरालो लागेको थियो ।
अनलाइनबाट धेरै सेयर कारोबार
नेपालमा धितोपत्र बजारको इतिहासमै यो साताको अन्तिम दिन बिहीबार अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा सेयर कारोबार भएको छ ।
बिहीबार नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा सेयर कारोबार भएको हो । कारोबार विवरण अनुसार २९ हजार ४९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५७५ रुपियाँ बराबरका १८ लाख ७७ हजार ५४२ कित्ता सेयर किनबेच भएका छन् ।
बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी ९कारोबार संख्याः १२ हजार ५०९० र सान्जेन जलविद्युत कम्पनी ९कारोबार संख्याः ११ हजार ९९१० को सबैभन्दा बढी योगदान रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
दुई कम्पनीको प्राथमिक सेयर सूचीकरण
पाँचै दिन खुलेको यो साता नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको छ करोड १५ लाख ७८ हजार नौ सय प्राथमिक सेयर र साञ्झेन जलविद्युत कम्पनी लिमिटेडको तीन करोड २८ लाख ५० हजार प्राथमिक सेयर सूचीकृत भएको छ । यता लुम्बिनी विकास बैंकको मूल्य समायोजन भएको छ ।
सर्वाधिक कारोबार भएका कम्पनी
कम्पनीको नाम कारोबार रकम
(रु.दस लाखमा)
कृषि विकास बैङ्क लिमिटेड १७४.०६
नेपाल बैङ्क लिमिटेड १६३.०१
रसुवागढी हाइड्रोपावर ९९.७९
एनसीसी बैङ्क लिमिटेड ७९.१२
प्रभु बैङ्क लिमिटेड ६८.७४
एनआइसी एसिया बैङ्क लिमिटेड ५६.७७
साञ्झेन जलविद्युत कम्पनी ५४.९८
शिवम् सिमेन्टस् ५०.३३
मुक्तिनाथ विकास बैङ्क लिमिटेड ४९.३०
नबिल बैङ्क लिमिटेड ४२.८५
पूँजीकरणका आधारमा उत्कृष्ट कम्पनी
कम्पनीको नाम पूँजीकरण (रु. दस लाखमा)
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड १०३०५०
नबिल बैङ्क लिमिटेड ७११३७.९२
नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड ६४०६५.२१
एभरेष्ट बैङ्क लिमिटेड ५२४१५.४२
स्ट्याण्डर्ड चार्टड बैङ्क लिमिटेड ५२०७४.३
नेपाल लाइफ इन्स्योरेन्स ४७९८१.४८
हिमालयन बैङ्क लिमिटेड ४६६९१
एनआइसी एसिया बैङ्क लिमिटेड ३९६६५.६९
कृषि विकास बैङ्क लिमिटेड ३८८५६.९३
नेपाल एसबीआई बैङ्क लिमिटेड ३८०२१.६३
सातामा सूचीकृत कम्पनी
कम्पनी सेयर कित्ता
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड छ करोड १५ लाख ७८ हजार नौ सय (प्राथमिक सेयर)
साञ्झेन जलविद्युत कम्पनी लिमिटेड तीन करोड २८ लाख ५० हजार (प्राथमिक सेयर)





















प्रतिक्रिया