Logo

जनरल इन्स्योरेन्सको आइपिओ असोज ११ गतेसम्ममा आउँदै



पछिल्लो समय खुलेको जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ अशोज ११ गतेदेखी १४ गतेसम्म आउने भएको छ । जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

जनरल इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको ३० करोडको ३० लाख कित्ता सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले १ लाख २० हजार कित्ता सेयर कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डका लागि छुट्याएको जनाएको छ ।

कम्पनीले सर्वसाधारणको लागी २७ लाख ३० हजार कित्ता सेयरका विक्री गर्नेछ । कम्पनीको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

जनरल इन्स्योरेन्स कम्पनीको काल ७० करोड चुक्तापुँजी रहेको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी १ अर्व तोको अनुसार आईपिओ जारी गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लि। रहेको छ ।

जनरल इन्स्योरेन्सले गत आर्थिक वष २०७६०७७ मा २० करोड ९६ लाख बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आवमा ५ करोड ६ लाख खुद नाफा गर्न सफल रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २३ पैसा र जगेडा कोषमा ४ करोड ६६ लाख रहेको छ ।

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  २ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।