Logo

साहित्य

जिन्दगी…! (भाग २)



अमृतले जहिले पनि नेताहरुलाई गाली गर्ने भएर उस्लाई हामीले मिस्टर असन्तुष्टि नाम दिएका थियौ । जहिले पनि गम्भिर भएर सोच्नु पर्ने । एक सासमा उस्ले निकै गाली भन्न भ्याउथ्यो । हामी उस्कै बारेमा हासेर बसेको थियौ । एक्कासी हिजो अमृतको मुहारमा यति धेरै निराशा छायो । जहिले पनि हामी मध्येकालाई सिकाउने मान्छे ऊ । गम्भिर भएर आएको थियो हामीले कर गरेपछि उस्ले हामीलाई रमिलाको कहानी बतायो ।

रमिला मेरो साथी उस्लाई भर्खर भेटेर आएको । कस्तो तनाव भयो यार । कस्ति थिई उ । जवानीको मस्त मात लागेका थियो उसलाई । अनि श्रृङगार त उसको रोमरोममा बसेको थियो । पातलो कपडा नलाए उसलाई पच्दैन्थ्यो । भन्थी , छ्या कति पाखे देखिएको । मानौ बजारमा बाक्लो र लामो कपडा लगाउनुलाई उसको अर्थमा पाखे हुनु थियो ।

बजारको हरेक गल्लिमा कुन सामान कहाँ पाइन्छ उसलाई कण्ठै थियो । कुन पसलमा राम्रा सस्तो सामान पाइन्छ । कुन पसलमा मेकअपको सामान पाइन्थ्यो त्यो उसको दिमागमा थियो । मानौ उसलाई ति पसलहरु आफ्नै जस्तो लाग्थ्यो । सामान्य झुम्का किन्न नि उसलाई एक घण्टा लाग्ने गर्दथ्यो । ताकि त्यो सामानको मुल्य कहाँ कति र कस्ले कतिमा दिन्छ भन्ने उसको अनुसन्धान नै हुन्थ्यो ।

केही सामान एकदम मन परेको छ र मुल्यमा मिलेन भने म सधै आउछु…..झन कहि नगएर उहाँबाट आउछु भाउ पनि नमिलाउने । उसको बोली सुनेर पसले पनि केही घटाउथ्यो सामानको मुल्य । अनि खुशी हुदै किन्थी सामान । समान किने पछि निकै टिपिकल अंग्रेजीमा बोल्नु पर्ने उस्लाई थ्याङक्यू भेरीमच ल दाडा बहुत सुइट हुनुहुन्छ र त म सधै यही पसलमा आउछु । घण्टौको भाउको मोलमोलाईमा बोरि∙ मानेको पसलेले पनि हास्दै भन्थ्यो । फेरि फेरि नी आउ है बुनु तिम्रै पसल त हो नि भन्न भ्याउथ्यो । उ हास्थी र बाटो लाग्थी । यसरी जरुरी सामान किन्न जादा हराउथी । घरमा भने निकै गाली खान्थी । कसैले बाटोमा बोलायो भने पनि घण्टौ सम्म गफ गर्न सक्थी । के गफ हो थाहै नपाउने । जेसुकै गफ होस सुन्थी ।

साथीहरुसग भने ऊ त्यति नजिक थिइन । फेसनको कारण नै होला साथीहरु अलि घमण्डी मान्थे उसलाई । कसैले बोलेको कुरामा उसलाई सवालजवाफ नदिइ नहुने स्वाभावले पनि होला शायद निकै एक्ली जस्ती हुन्थी । उसका सुन्दर आँखामा लपक्कै गाजल, र आईसेट ।म्याचिङग कलरको कपडा स्याण्डिल, झुम्का, टिका लाली ,चुरा झोला सल सबै मिलाएर लाउन पर्ने उस्लाई । कपाल भने छोटो थियो । शारुख खानको फिलिम कुछकुछ होता हे हेरेपछि अन्जलीको जस्तै कपाल काटेकी हो उसले । गोलो अनुहारमा रेवनको चस्मा लाएर हिड्दा भने कुनै से्रलीब्रेटी भन्दा कम लाग्दिन ऊ ।


काली काली दिलवाली छु म । मलाई मेरो बाउसंग भन्दा संसारका कुनै मान्छेसंग गुनासो छैन ? छ त अलिकति गुनासो भाग्यसंग । भाग्यको त ढोका खुल्छ एकदिन बस मलाई त्यही एकदिनको प्रतिक्षा छ । बाकी भगवानको हातमा …. । निकै सरल भाषामा बोल्नु र निकै सकारात्मक्ता देखाउनुले उसको काम गराई सबैलाई मन पर्छ । उसले ब्याचलर सकेर मास्टर बन्ने सपना देखेकी थिइ । तर सपनाहरु कहाँ देखेको जस्तै सजिलै पुरा हुन्छ र ? सपना पुरा गर्ने भागदौडमा उसको पढाई पुरा हुन सकेकै छैन । म्यानेजम्यानेट लिएको भए बैंकमा जागिर खान सक्थ्ो होला उसले साथीलाई भनेकी थिइ तर …. उसलाई मिल्ने जागिर खोजीदियो छोडिहाल्छे , भन्छे त्यस्तो काम पनि के गर्ने समय बर्बाद मात्र मलाई पैसा भन्दा पनि मेरो आत्मसम्मान चाहिन्छ । आत्म सम्मानको खाजीमा निकै जागिर छोडिदिई उसले ।


भाग्यमा र भगवानमा विश्वास गर्ने उसको सपनाहरु कुनै पुरा भएको छैन । बिहानै उठ्यो मन्दिरममा गयो । निकैबेर रोएर फक्रेपछि मात्र घरको काम गर्छे उस्ले । आमाको थकित आँखा हेरेर तर्सेपछि आज त्यही पियनको जागिर खान्छु भन्छे तर सर्टिफिकेटको प्रमाण पत्र हेरेपछि उसलाई त्यो जागिर पनि हात पर्दैन । उसलाई दिक्क लाग्छ । बहिनीको बिहे पछि हप्ता नविराएर केटा हेर्न आउछन तर बिहे नगर्ने भन्ने जितमा ऊ अविभाहित बसेकी छे ।

। बाउले कान्छी टिपेर हिडे देखि भाइ बहिनीको सबै जिम्मेवारी थियो उसको काधमा । आमाको दुख निकै नजिकबाट हेरेकी भएर होला विवहा प्रति उसको नकरात्मक सोच छ । आमाले नेपाल टेलीकम अगाडी सानो पसल खोलेकी थिइन । त्यही पसल बेचेर सुकुमबासीको जग्गाा किनेपछि चार कोठाको ब्लकको आफ्नै घर छ । सहकारीमा ढुकटी खेलेर घरमा सबै प्रकारको सामान जोडेकी छे उस्की आमाले । पोहोर सालबाट महिला उम्मेदवार भएर उठेकी उस्की आमालाई भ्याए नभ्याई छ कामहरु । तर आमाको नाम मात्रको सदस्यताले घर धान्न धौ धौ पर्छ भन्ने हेक्क राखेकी भएर पनि होला शायद उसले काम खाजीरहेकी छे ।

आमाले दिएको खर्चले उसको कुनै पनि काम पुरा हुन्न । मामाहरुले पठादिएको पैसाले कति चल्छ र? तर पनि त्यही खर्च चलाउने सोचले घरमै कस्टमेटिक सामान राखेकी छे उस्ले । समान किनेर घटाएर बचाएको पैसा उसले जहिल्यै खुत्रुकेमा हाल्छे । कुनै बेला मामाघर जादा दिएको पैसा पनि यसरी नै जम्मा गरेर मोवाइल फोन खरिद गरेकी उसले मोवाइलाई निकै जागाउछे । तीन बर्ष देखि एउटै मोवाइल छ उसको । साथीहरुलाई ब्यालेन्स राख्न भनेर भन्छे । नेट चलाउन उसलाई पैसा तिर्न पर्दैन । घर नजिकैको छिमेकीको वाइफाई ह्याक गरेर सानले नेट चलाउथी । पैसामा निकै किफायती छे ।

बोलीमा निकै कर्रो स्वाभाव छ । मनमा लागेको कुरा बोली हाल्न पर्ने उस्लाई । कसैले तँ यस्तो उस्तो भनेर होच्याएको मन पर्देन । छिमेकी क्षेत्रीको छोरो केशव पुलिसमा जागिर खाए देखि उस्को पछि लागेको हल्लाले गर्दा निकै बदनाम भएकी थिइ । त्यसैले केही महिना अगाडि केशव संग बिहे गर्न भनेर भागेकी थिइ । तर केटाको घरको मान्छेले दलित केटीसंग विबाह गरेको भन्दै एक महिना पछि छुटाएपछि भने उस्को अनुहारमा मेकअपको कुनै रंग पोतिएको छैन ।

प्रेम नामको स्लो पोइजनले उसको सबै स्वरुपहरु फेरिदै गएको छ । कपालहरु छाट्न भुलेकी छे । कपडाहरु मिलाएर लाउन छोडेकी छे । कसैसंग पनि सवाल जवाफ गर्दिन उस्ले । कुनै सुन्दर कलाकारले कारेको चित्रमा कुनै नजान्ने बालकले लतपत्त मसि पोखे जस्तै विरुप पारेको थियो उसको मन । मान्छे र पशु को हो भन्ने दोसाधमा उभिएको थियो उस्को सोचाई । जातिय बर्ण व्यवस्थाको नाममा थुक्क थुक्थी ।

मान्छेको सोचाइ र मान्छे भएर पनि मान्छे हुन नसकेको जीवनमा आजभोली उस्ले सोच्न भुलेकी छे । भगवान प्रतिको विश्वास पनि टुटेको छ । मान्छे त्यही अदुश्य शक्तिको आवाजविहिन शक्तिको भरोसामा हुन्छ त्यो भरोसा पनि उसको हटेपछि कसरी पो मान्छे हुन सक्छ । पशुको अस्तित्व बोकेर पनि पशु जस्तो निर्धक्क हुन नसक्नु उसको गल्ति हो ।

समयको हजारौ गुणा चोटबाट पनि अचेत हुन नसक्नु उसको सजाय हो । लपक्कै गाजल लगाउने आँखामा अव सपनाको पुतली कहाँ नाच्थ्यो र ? उस्को त बस शरीर थियो मुर्दाँ जस्त । अचेत वा स्वास फर्न नचाहेर पनि फेरिएको जस्तो । जीवन नामको बोझिलो शरीरमा र प्रेम नामको भ्रम थियो ऊ संग उसको अस्मितामा बिचरा भन्नेहरु पनि कमी छैन । तर उस्कै दोष देखाउने समाजको बहुमतमा ऊ मात्र एक अल्पमत छे । न हास्नु न रुनु बिचमा उस्को दैनिकी कटिरहेको छ । बिहे खुशी दुबै चिजबाट मातेकी उ आज चिन्ताको बर्बरतामा अडिएकी छे ।

सोच्छे कुनै दिन केशब आउछ र लिएर जान्छ । तर केशव उस्को दुख्दो यर्थात भएको छ । तिमी ति मान्छेहरुको तहमा पर्दैनौ र त याद आउछौ केशव । नत्र मैले तिमीलाई विश्वास किन गर्थे त ? ऊ मन मै याद गर्छे केशब । कसैले त्यो नाम लिएर अरु कसैलाई बोलाए पनि झसंग हुन पुग्छे । कोही त्यस्तै अनुहार गरेको मान्छे ऊ सम्म आयो भने उस्को अनुहारमा चमक आउछ ।

जव त्यस भ्रमबाट बाहिर निस्कन्छे त्यस पछि उस्को अनुहारमा हजारौ औसीको अध्यारो एकै पटक आँखामा पोखिन्छ । उस्को आँखाबाट आशु संगै भ्रमहरु खस्दै जान्छ । त्यही खसेको आशुले अनुहार धोए पछि उस्लाई बाच्नु छ अझै । कति दिन यसै गरी । कति दिन रुनु छ त्यही मान्छेको यादमा । कसैले नसोधे हुन्छ ।

कहिले काहीँ सोच्छे त्यो दिन । जुन दिन केशवको हात समाएर निकै टाढा हिडेकी थिई । पहिलो पल्ट । बसको त्यो सिट अनि केशवको अंगालो । जीवनभरको काख भनेर आफुलाई हलुका छोडेर केशवकै काखमा र्घुलुप्प निदाएकी थिइ । गाडीको झ्याल नेर उ र केशव साथमा । अंगालोबाट नछुटोस भनेर केशवले कति समालेको थियो । उस्को मुलायम हातले उस्को छोटो कपाल निकै मुसारेको थियो केशवले । बाटोभरि कसैको पर्वाहा नगरेर उस्ले मलाई कहिल्यै नछोड है भन्दै केशवले भनेको थियो ।

अहो त्यो माया लाग्दो मान्छे ? केशवको जति सुकै गल्ति भए पनि केशवको माया नै माया भरिएको अभिब्यक्ति थियो । त्यति लायक पात्र थियो उस्को लागि केशवको । केशवको यादले एउटा भ्रम छोडेर जान्थ्यो अनुहारमा । अनि एउटा नजानिदो खुशी । हो कि होइन जस्तो । कहिले काही केशवको कुरा सम्झेर हासेर बस्थि । केशव उस्को खुशी थियो र दुख्खको कारणा पनि । रमिला उस्को यादमा उस्को यादमा निकै कमजोर बनिदिन्छे ।

समयले दिएको घाउ त आलो हुन्छ । आज भन्दा भोली झन,भोली भन्दा पर्सि झन तर ऊ त वासी लास जस्तै भएकी थिइ ऊ । आफैमा श्रृङगार गर्न भुलेकी जस्ति । रहरहरुले निमोठेर फ्याकेको सपना जस्तो । न कसैको रोजाई पर्न सक्छे न त कसैलाई रोजाईमा पार्न । रमिला जीवनको एक अलग दुनियामा रम्न चहान्छे र उस्ले देखेको हरेक कुरा अलग हुन्छे । अलग मतलव जो संग जिवनको सबै कुरा बाडुन चहान्छे त्यो संग त हजार चोट खाएकी छे ।

कुनै दिन सहरको बजारमा घण्टौ बार्गेनिङ गररे अनुहारमा क्रिम पाउडर लाउथी । तर आफैमा रित्तिएको ऊ जीवनलाई आफैसंग जीवनको बार्गेनिङ गर्न पर्दाको जीवन देखेर रमिला हैरान हुन्छे । कोसिस नगरेकी कहँ हो र उस्ले । जीवन सकाउन तर पनि मनले मान्दैन । पर्खिरहने आदत छ उस्को । शायद एक दिन कुनै बाटोमा केशव संग भेट हुन्छ कि ? त्यही केशवको यादले रमिला एकली भएकी छे । सानो सानो कुरामा उस्लाई झण्झट लाग्छ । चाड पर्व आयो ।

रमिलाको आमालाई काम र कार्यक्रममा ब्यस्त हुनु छ । तर रमिलाको जिम्मा भनेको बहिनीहरुको स्वागत । घरको ब्यवहार हो । त्यहि ब्यवहार विगार्न हुदैन भन्ने चेत छ उस्मा । रमिलाको सपनाकै पछाडि छ । एउटा लडाई । लडिरहेकी छे विचरा ।

सबैको कुरा सुने पछि लालुले निकै नराम्रो भएछ भन्यो । हामी तिनै जनाको आँखामा आशु भरिएको थियो । सपनाहरु देख्नै नपर्ने यार, अमृतले भन्यो । पविले पनि पहिलो पटक हो त ब्यथ्यै छ , माया भन्ने । मौनता अव हामीले उस्को बारेमा त बोलनै पर्छ । खोई मैले भने । …..
क्रमस……

याे पनी

जिन्दगी…

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार ०४:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।