Logo

प्रमुख समाचार

एनआरएन अध्यक्षका लागि कुमार पन्तद्वारा उम्मेदवारी घोषणा



गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी नवौं विश्व सम्मेलन तथा महाधिवेशनको अध्यक्ष पदका लागि कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रम आयोजना गरी उनले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् । पन्त वर्तमान कार्यसमितिको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)मा उपाध्यक्ष छन् । संगठनमा महासचिव समेत भइसकेका पन्त गोरखाको फुजेलका बासिन्दा थिए भने हाल जर्मन नागरिक हुन् ।

अध्यक्ष पदका लागि आफू योग्य उम्मेदवार भएको र विजयी हुने विश्वास व्यक्त गरे । उनले आफू विजयी भएपछि एनआरएनको सदस्य निःशुल्क गराउनेलगायत एनआरएनको लागि महत्वकांक्षी कार्यक्रम पनि अघि सारेका छन् ।
घोषणा कार्यक्रममा उनले प्रतिवद्धता पत्र समेत सार्वजनिक गर्दै ‘राम्रो एनआरएन, हाम्रो एनआरएन’ बनाउन इमान्दरिपूर्वक काम गर्ने प्रतिज्ञा समेत गरे । नवौं महाधिवेशनका लागि अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्ने पन्त पहिलो हुन् ।

उम्मेद्वारी घोषणा कार्यक्रममा एनआरएनका विभिन्न देशका च्याप्टर नेतृत्व र परिषद्का पदाधिकारीहरुले सहभागी दिए । उनीहरुले पन्तको विजयीको लागि शुभकामना दिए ।

यसपटक महाधिवेशनका उम्मेदवार शुल्क दोब्बर बनाउनका पछाडि बाध्यता रहेको र आगामी दिनमा त्यो हट्ने दाबी उनले सचारकर्मीको जिज्ञासामा जवाफ पन्तले दिए ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार ०८:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।