यही कार्तिक ९ गते शनिबार चिवनको खैरहनी नगपालिका–६ स्थित पुरानो पर्सामा स्रष्टाहरुले कविता वाचन गर्ने कार्यक्रम तय भएको छ ।
पहिलो पटक हुन गइरहेको यस कविता वाचन कार्यक्रममा दर्जन बढी कविहरुले कविता वाचन गर्ने तय भएको आयोजक नेपाली कला साहित्य उत्थान अभियानले जनाएको छ ।
दीपावलीको अवसर पारेर कविहरु जुट्ने तयारी अन्तिम चरणमा पुगेको समेत जनाएको छ । कविताबाट कविहरुले विभिन्न विषयमाथि रचना प्रस्तुत गर्नेछन् । राधा भुजेल, रामबाबु घिमिरे, मिरा तिमिल्सेना, बिर्खे अञ्जान,गिरीराज डल्लाकोटीलगायत कविहरुले वाचन गर्नेछन् । कार्यक्रममा सहकार्य खैरहनी नगरपालिकाले गरेको छ ।
वाचन कार्यक्रममा चितवनका युवा कवि सुदेश सत्यालले विशेष प्रस्तुति दिनेछन् । कार्यक्रमको समय शनिबार बेलुका ४ बजे तोकिएको छ । कार्यक्रमका प्रमुख अतिथि अभियानकी अध्यक्ष लीला दाहाल रहने जनाइएको छ ।
पूर्वी चितवन साहित्य समाजले १११औँ लक्ष्मी जयन्ती तथा दिपावली, छठ पर्वको अवसर पारेर कविता वाचनको अघिल्लो दिन ८ गते शुभकामना आदानप्रदान तथा चियापानको आयोजना गरिएको छ ।
उक्त कार्यक्रम रत्ननगर नगरपालिका–२ अनामनगर टाँडीमा बिहान ११ बजेको लागि तोकिएको छ । सहभागिताका लागि सबैसँग साहित्य समाजले जनाएको छ ।





















प्रतिक्रिया