पूर्वीचितवन साहित्य समाजको आयोजनामा शुक्रबार–२ टाँडीस्थित शिशु निकेतनमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जयन्ती तथा दीपावली, छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान पनि भएको छ । स्रष्टाहरुबाट रचना वाचन कार्यक्रमका मुख्य विषय बनाइएको थियो ।
कवि केशवराज आमोदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम ६० भन्दा बढी कविता, गजल, मुक्तक वाचन गर्नुका साथै गीत प्रस्तुत गरेका थिए । समाजले हरेक वर्ष लक्ष्मी जयन्ती मनाउँदै आएको छ ।
कर्यक्रमका विशिष्ट अतिथिमा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, अतिथिहरुमा सोही नगरपालिका–२ का वडाध्यक्ष तिलकप्रसाद पौडेल, पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने, गोर्खे साइलो कालीगण्डकी साहित्य परिषदका अध्यक्ष गणेशप्रसाद पौडेल, लायन्स क्लब अफ चितवन वाङमयका अध्यक्ष स्मीरा तिमिल्सिना थिए ।

स्रष्टा तथा सर्जकहरुले महाकवि देवकोटाको योगदान र क्षमताबारे चर्चा गरेका थिए भने सम्झनामा रचन पस्केका थिए । आपसमा शुभकामना आदानप्रदान गरे । कार्यक्रमको अयक्षता समाजकी अध्यक्ष लिला दाहालले गरेकी थिइन् ।

अध्यक्ष दाहालले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउँदै कार्यक्रम सफलतामा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिइन् ।





















प्रतिक्रिया