Logo

अन्तर्वार्ता

‘एटीएफ’ गठन गर्दै ‘राजावादी’ (हेर्नुस् अन्तर्वार्ता)



‘राजा फर्काउने’ अभियानमा सक्रिय युवा पंक्ति ‘एनिटाइम फोर्स’ (एटीएफ) गठन गर्ने तयारीमा लागेको छ । राजसंस्था फर्काउन अभियान चलाइरहेका युवाहरुले एटीएफ गर्न लागेका हुन् ।

आफूलाई ‘राजावादी’ बताउने सन्तोष राजावादीले अनलाइनपाना डटकमसँग कुराकानी गर्दै देशमा राष्ट्रियता कमजोर भएको र समाजमा भ्रष्टचार र सामाजिक अन्याय व्याप्त बन्दै गएको भन्दै न्याय र राष्ट्रियताको संरक्षण गर्न राजसंस्था ‘अनिवार्य’ भएको बताए ।

सोही प्रयोजनका लागि युवा शक्तिको खाँचो पर्ने भन्दै कमी हुन नदिन एटीएफ गठन गर्ने लागिएको सन्तोषले बताए । एटीएफ घोषणा यसै हप्ता गर्ने बताएका छन् । समाजमा अन्यायका शिकार भएकाको पक्षमा र भ्रष्टचारीलाई ‘ठेगान’ लगाउने काममा एटीएफ खटिने उनले बताए ।

राजसंस्थाको बेलाभन्दा गणतन्त्रको संसदीय व्यवस्थामा अन्याय र भ्रष्टचारले सीमा नाघेको भन्दै त्यसलाई नियन्त्रण राजसंस्था पुनस्र्थापनाबाट मात्र हुन सक्ने उनको जिकिर छ । राजसंस्था फर्काउन ‘राजावादी’ जस्तोसुकै मूल्य चुकाउन तयार रहेको ‘एटीएफ’ले थप शक्तिको काम गर्ने उनको दावा छ ।

शुरुमा ‘एटीएफ’मा ३ सय जना भर्ना गरिने र क्रमशः देशैभर शाखा विस्तार र स्वाधीनता रक्षाकाे लागि परिचालन गरिने उनले जानकारी दिँदै उनले यो फोर्स राजसंस्था फर्काउन सक्रिय संघ संगठनमध्ये एक रहेको जानकारी दिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति नगर्ने र पार्टी नखोल्ने पनि उनले बताए । राष्ट्रवादीहरुले नै राजसंस्था फर्काउन निर्णायक आन्दोलन निकट समयमै छेड्ने उनको विश्वास छ । राष्ट्रियताको लागि ‘राजा’ले मात्र ‘आइडल रोल’ खेल्न सक्ने जिकिर उनको छ ।

हेर्नुस् अन्तर्वार्ता :

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार ०८:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।