एकै पटकमा न्युनतम पन्ध्र सय जनालाई एसएमएस पठाउन सकिने बल्क एसएमएस (Bulk SMS) सेवालाई नेपाल टेलिकमले जारी राखेको छ । व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिहरुलाई एसएमएस (छोटो सन्देश) पठाउनका लागि पनि यो उपयोगी हुने टेलिकमले जनाएको छ ।
यो सेवा विशेषगरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका संघ÷संस्थाहरुका लागि बढी उपयोगी हुनेछ । टेलिकमले आफ्ना ग्राहकका लागि वेभमा आधारित बल्क एसएमएस सुविधा उपलब्ध गराइरहेको टेलिकमले जनाएको छ ।
इच्छुक संघ/संस्थाहरुले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालय साथै विभिन्न ठाउँमा रहेका निर्देशनालयमार्फत र व्यक्तिगत उपभोक्ताले कम्पनीको अनुमति प्राप्त भ्यालु एडेड सर्भिस (ख्बगिभ ब्ममभम क्भचखष्अभ भास) सेवा प्रदायक संस्थासँग प्रस्ताव पेश गरी सेवा प्राप्त गर्न सकिने जनाएको छ ।
यो सेवा प्रिपेड प्रकृतिको भएको हुनाले एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुने र सो प्राप्त गरेपछि टेलिकमको वेबसाइट प्रयोग गरी यो सेवा उपभोग गर्न सकिनेछ ।
ग्राहक स्वयंले आफ्नो समूहभित्र रहेका नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए दुवै किसिमका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अंग्रेजीमा १४० अक्षर तथा युनिकोडमा ७० अक्षर पठाउन सकिने जनाइएको छ । साथै वेब सुविधा नभएका ग्राहकहरुले आपूmले पठाउन चाहेको सन्देश र पठाउनुपर्ने मोबाइल नम्बर उपलब्ध गराएमा कम्पनी वा सेवाप्रदायकले नै एसएमएस पठाइदिने सुविधा पनि उपलब्ध रहेको जनाएको छ ।
नेपाल टेलिकमबाट यो सेवा लिन चाहने संघ–संस्थाले मासिक न्यूनतम १ हजार ५ सय एसएमएस पठाउनु पर्ने हुन्छ । एकपटकमा न्युनतम पन्ध्र सय जनालाई एसएमएस पठाउन सकिने सुविधा रहेपनि शुल्क भने एसएमएस संख्याको आधारमा निर्धारण गरिएको टेलिकमले मंगलबार एक सूचना प्रकाशित गरी जानकारी दिएको छ ।
















प्रतिक्रिया