उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रलायका वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्स, मिनिस्ट्रि अफ फरेन अफेयर्स अफ फिनल्याण्ड र फिनपार्टनरशीपको संयुक्त आयोजनामा शुक्रबारा सम्पन्न ‘डुईङ बिजनेश विथ फिनल्याण्ड’ विषयक गोष्ठीका प्रमुख अतिथि रहेका अर्यालले देशमा आर्थिक विकासका काम गतिसाथ भइरहेको भन्दै सरकारी, निजी क्षेत्रको एकीकृत प्रयासले मात्र सरकारको योजना सफल हुने बताए ।
सन् २०३० सम्म मध्यम आय भएको विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन नेपालले फिनल्याण्डसँग व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा जोड दिएको र निजी क्षेत्र तथा नेपाल भ्रमणमा रहेका फिनल्याण्डका व्यसायिक समस्यामा समाधन गरी अनुकूल वातावरण बनाउन तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत पेर्र्टी एन्टिननले चेम्बर सँगको सहकार्यमा दोश्रोपटक यस किसिमको व्यापारिक प्रतिनिधि मण्डलको भेटघाटले यूरोपियन समुदायकाले प्रदान गरेको एभ्रिथिङ्ग वट आर्म (ईवीए) को सुविधा प्राप्त गर्न सहज हुने बताए ।
फिनफण्डबाट बढी दरखस्त आहन गरी नेपाली उद्यमी व्यावसायीहरु लाभान्वित हुने अवसर प्रतिनिधीमण्डलको भ्रमणबाट हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधी मण्डलका प्रमुख तथा फिन पार्टनरशीपका कार्यक्रम निर्देशक विग्रिट नेभ्ला (द्यष्चनष्त ल्भखबबि) ले फिनपार्टनरशीप र फिनफण्डबाट उपलब्ध गराउन सकिने सुविधा सहुलियतबारे प्रस्तुती दिए ।
उनले दीगो विकास, खाद्य सुरक्षा, सरकारी शिक्षा, सूचना प्रविधि र सञ्चार (आईसिटी) कन्टेनर विञ्डिङ आदिमा नेपाललाई सहयोग र व्यवशाय गर्न सकिने बताए । पर्यटन प्रबद्र्धनका लागि फिनल्याण्डबाट उल्लेख्य पर्यटक नेपाल आउने विश्वास व्यक्त गरे । ५५ करोड युरोको बास्केट फण्डबाट प्रक्रिया पु¥याई नेपालका उद्योगी व्यवशायीहरुले फाइदा लिन सक्ने उहाँले बताउनुभयो ।
प्रतिनिधीमण्डललाई स्वागत राख्दै नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाल र फिनल्याण्ड बीच व्यापार र लगानीको संख्या ज्यादै न्यून रहेको बताउँदै कृषि, इलेक्ट्रोनिक्स, वनजन्य र पर्यटन प्रवद्र्धनमा उल्लेख्य विकश गर्न सकिने संभावना रहेको धारणा राखेका थिए ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निर्देशक राजेन्द्र सिंहले नर्डिक मुलुकहरुमा पनि फिनल्याण्ड सँग नेपलको निकासी बढाउने संभावनालाई मूर्त रुप दिन परम्परागत वस्तु भन्दा नयाँ वस्तु एंव सेवा निर्यातको पहिचान केन्द्रले गरिरहेको बताए ।
सन् २०१८ मा नेपालको फिनल्याण्ड सँगको व्यापार घाटा १७ करोड ९० लाख अमेरिकी डलर बराबर छ । जसमा आयात १९ करोड ८० लाख अमेरिकी डलर र निर्यात केवल ९ लाख अमेरिकी डलर मात्र रहेको व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रले जनाएको छ ।
















प्रतिक्रिया