Logo

पत्रपत्रिका

मृर्गौला फेर्ने तयारीमा प्रधानमन्त्री ओली, कसले दिन्छ मृगौला ?



प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्ष पहिले फेरिएको मृर्गौलाले काम गर्न छाडेपछि मृगौला प्रत्यारोणि गरिने भएको छ । प्रधानमन्त्री ओलीको पेटको आकस्मिक शल्यक्रियापश्चात मृर्गौलाको दोस्रो प्रत्यरोपण गर्नुपरेको हो । मृर्गौला प्रत्यारोपण छिट्टै गर्ने तयारी गरिएको भएपनि पेटको सल्याक्रियामा कारण केही पर धकेलिएको छ भने दाताहरुको समेत खोजि गरिएको छ ।

प्रधानमन्त्री ओलीलाई ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ । स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घर तर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्षमुनिकी हुन् । उनीहरुको प्रधानमन्त्री ओलीसँग घनिष्ठ पारिवारिक नाता छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।

यो भन्दा पहिले नयाँदिल्ली इन्द्रपथ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मृर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेपछि प्रधानमन्त्री ओलीले नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका थिए । र सम्भावित दाता खोज्न थालिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार ०१:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।