Logo

पत्रपत्रिका

प्रहरीले राख्यो १८ बैँकलाई शंकाको घेरामा



नक्कली चेक, नक्कली हस्ताक्षर र नक्कली एटिएम प्रयोग गरेर बैँकबाट सर्वसाधारणको रकम चोरी भएपछि प्रहरीले निगरानी बढाएको छ। जस अनुसार प्रहरीले १८ बै‌ँकलाई शंकाको घेरामा राखेको छ । मुख्यगरि सबै खाले गलत गतिविधीसंग संलग्न रहँदै आएको एनआईसी एसियालाई टार्गेट गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा एसएसपी उत्तमराज सुवेदीका अनुसार विभिन्न बैंकमा खाता रहेका व्यक्तिको कागजात चोरी गरी नक्कली चेक बनाएर हस्ताक्षरसमेत उस्तै नै कायम गरी पैसा चोर्ने ६ जनालाई पक्राउ गरेपछि सो प्रकरणमा बैंकका कर्मचरीमाथि समेत अनुसन्धान सुरु गरिएको हो । यो सामाचार आजको राजधानी दैनिकमा छापिएको ।

समाचार अनुसार बैंकका तर्फबाट पैसा चोरी भएका खातावालाको गुनासोपछि प्रहरीले रकम चोरी गर्ने समूहलाई नै पक्राउ गरेको बताए । प्रहरीका अनुसार बातविक खातावालको नागरिकतासहित सक्कली कागजात चोरी गरेर चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाएर हस्ताक्षर समेत चोरी गरेर बैंकबाट पैसा चोरी भएको हो ।

पैसा चोरी भएको विषयमा जनता बैंक, एनआईसी एशिया तथा मुक्तिनाथ विकास बैंकका कर्मचरी समेतलाई अनुसन्धानको दायरामा ल्याइएको बताए । यस्तै १८ वटा बैंकलाई प्रहरीले शंकाको घेरामा राखेको पनि समाचारमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार ०२:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।