Logo

पत्रपत्रिका

सबै कुरा बोल्दिनुस् प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बारेमा सबै कुरा बोलिदिन डाक्टरलाई अह्राएका छन् । पत्रकारहरुले सुचना माग्दा केही सुचनाहरु अति संवेदनशिल भएको भन्दै डाक्टरले लुकाउने गरेको आरोप लाग्न थालेपछि प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् । टिचिङको मनमोहन कार्डियोथेरापिक उपचार गराईराख्नु भएको प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा सामान्य सुधार आएसंगै जिज्ञासु हुन थालेका हुन् ।

 

ओलीले उपचार टोलिका संयोजक डा. अरुण सायामीसंग के छ खबर ? मिडियामा के के आईराछन् ? भनेर सोधेका थिए । तर, डा. सामायमीले सामान्य ब्रिफिङ गर्छन् । यो समाचार आजको अन्नपुर्ण पोस्टको पहिलो पृष्ठमा छापिएको छ ।

समाचार अनुसार प्रधानमन्त्रीसंग सायामीले बुधबार साँझ एक सञ्चारकर्मीको फोन आएको र प्रधानमन्त्रीको स्वास्थ्य स्थीतीबारे डाक्टर लुकाएको आरोप लगाएको बताएपछि ओलीले मिडियालाई आफ्नो स्वास्थ्यको बारेमा सबै बोलिदिनुस् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार ००:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।