Logo

पत्रपत्रिका

अझै खतरामा प्रधानमन्त्री ओली, तत्काल मिर्गौला नफेर्न चिकित्सकको सुझाव



प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतरामुक्त नहुञ्जेल मिर्गौला प्रत्यारोपण नगर्न चिकित्सकले सुझाव दिएका छन् । चिकित्सले भनेअनुसार दुईदेखि चार महिनापछि सार्न सुझाव दिएका हुन् । अघिल्लो मङ्गलबार आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौल प्रत्यारोपणको समय धकेलिएको चिकित्सकहरुको भनेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

समाचारमा भनिएको छ, ‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ हुनुपर्छ । संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ । अहिलेकै स्थितिमा जोखिम हुन्छ,’ कान्तिपुरले वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेको भनाईलाई उदृत गरेको छ।

समाचा अनुसार एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण)समेत देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार ०१:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।