Logo

पत्रपत्रिका

सर्वोच्चको न्यायाधीश नियुक्तिमा असन्तुष्ट नेपाल बार



नेपा बारको गम्भिर असन्तुष्टिपश्चात सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति प्रक्रिया रोकिएको छ । न्याधिर नियुक्तिको एजेन्डा सहित बसेको बसेको न्याय परिषदको बैठकमा छलफल हुन नपाउँदै भाँडिएको हो ।

बारले न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी गरेपछि असन्तुष्टि जनाएको समाचार आजको अन्नपुर्ण पोस्टमा छापिएको छ ।

समाचार अनुसार परिषद्का सदस्य पदम वैदिकले सर्वोच्चका न्यायाधीश बन्नका लागि बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका थिए। त्यस लगत्तै नेपाल बारको अनौपचारिक बैठकले गम्भीर ध्यानाकर्षण भएको बताउँदै कडा आपत्ति जनाएको थियो।

परिषद् स्रोतका अनुसार वैदिकलाई न्यायाधीश बनाउनका निम्ति परिषद् अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा पदाधिकारीबीच राय नमिलेपछि सिफारिस प्रक्रिया अवरुद्ध बनेको हो। अर्को बैठक बस्ने विषयमा कुनै टुंगो लागेको छैन। वैदिकका विषयमा निर्णय हुन नसकेपछि एक जिल्ला न्यायाधीशको सरुवा गर्दै बैठक सकिएको छ।

न्यायपरिषद्ले न्यायपालिकाको गरिमा घटाउने गरी न्यायपरिषद्का सदस्यलाई न्यायाधीश नियुक्ति गर्ने पद्धत्ति गलत भएको उक्त विज्ञप्तिमा जनाएको छ। संविधानको धारा १५३ बोमोजिम गठित न्यायपरिषद्को काम कर्तव्य र अधिकार संविधान र न्यायापरिषद् ऐन २०७३ बोमोसिजम हुनुपर्ने भनाइ बारको छ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ०१:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।