सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता अग्नि प्रसाद सापकोटाले नेपाली भूमी कालापानी बाट प्रथम चरणमै भारतीय सेना हटाउनु पर्ने बताएका छन् ।
अनलाइनपाना डटकमसँगको अन्तरवार्ताको क्रममा नेता सापकोटाले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका अतिक्रमित नेपाली भू-भाग फिर्ता ल्याउनको लागि पार्टी र सरकार कुटनैतिक पहलमा लागीरहेको उनको भनाई छ ।
पार्टीको सचिवालय बैठकले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा सिमा विवाद हल गर्नको लागि विशेष दुत नियुक्त गर्ने कुरा पनि त्यसैको एक कडि भएको उनको भनाई छ ।
त्यस्तै संक्रमणकालीन न्यायको बिषयमा केही गल्ती, कमजोरी भएको स्वीकार गर्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जोडतोडले लागीरहेको जानकारी दिंदै केही दिनभित्रै संक्रमणकालीन न्याय टुंग्याउने बिषयमा पनि केही ठोस कदम चालीने सम्भावना रहेको समेत जानकारी दिए ।
पार्टीका दोस्रो अध्यक्षको रुपमा रहेका प्रचण्डले कार्यकारी अधिकार प्राप्त गरेसँगै आगामी दिनमा पार्टी फरक ढंगले अगाडि बढ्ने समेत उनको दावी छ । त्यस्तै आफू सभामुखको लागि पनि स्वभावीक दावेदारी रहेको उल्लेख गर्दै कुन ब्यक्तिलाई कुन पद दिने भन्ने निर्णय भने पार्टीले गर्ने उनको भनाई छ ।




















प्रतिक्रिया