Logo

uncategorized

१३औं सागः नेपाललाई आजै दुई स्वर्ण, कूल १४४ पदकमा दोस्रो स्थान



१३औं साग अन्तर्गत आठौं दिन आइतबार नेपालले दुई स्वर्ण पदक थपेको छ ।

पौडीमा गौरिका सिंह र जुडोमा देविका खड्काले एक/एक स्वर्ण जितेसँगै नेपालले स्वण पदकको संख्या ४५ पुर्याएको छ ।
पौडी अन्तर्गत ४ सय मिटर फ्रि स्टाइलमा गौरिकाले स्वर्ण जितेकी हिुन् ।

ललितपुरकाे सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार भएको खेलमा उनले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । विजयी गौरिकाले ४ मिनेट २५ दशमलव २८ सेकेन्ड लगाइन् ।

पौडीतर्फका अन्य प्रतिस्पर्धामा उनले यसअघि दुई स्वर्ण र एक रजत जितिसकेकी छिन् । उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छन् । यस्तै, अर्की चेली देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् ।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा उनले स्वर्ण जितेकी हुन् ।
उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ११:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।