Logo

प्रमुख समाचार

सीमामा भारतीय हस्तक्षेपविरुद्ध कविहरु सडकमा



नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत सीमा क्षेत्रमा भारतले अतिक्रमण गरेपछि नेपालमा जारी विरोध प्रदर्शनमा कविहरु पनि सडकमा उत्रिएका छन् ।

सीमा अतिक्रमणविरुद्ध देशभक्त युवा कविहरुले सडकमा ब्यानरसहित प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध काठमाडौंका सडकमा कविता वाचन गरेका थिए । यो सडक कविता वाचन आन्दोलन सुरुवात मात्र भएको र आगामी दिनमा विशाल बनाउँदै हस्तक्षेपका विरोधमा विश्वभर स्रष्टाहरु गोलबन्द बनाउँदै जाने क्रान्तिकारी सर्जक उवं कविहरुले बताए ।

उनीहरुले मंगलबार काठमाडौंको गोङ्गबु चोकमा आज सम्पन्न सडक कविता आन्दोलनमा दुर्य दर्जनभन्दा बढी संख्यामा भेला भएका कविहरूले सीमा अतिक्रमण र भारतीय हस्तक्षेपका विरुद्ध कविता पढेर सुनाएका थिए । साहित्यकारहरुले रचना सुनाए ।

सडक कविता कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य एवं रहेका कवि बीपी विद्रोही, महेन्द्र थुलुङ राई, दिपेन सिम्खडा सहभागी थिए ।

त्यस्तै साहित्यकार रत्नप्रसाद अनामणि, विज्ञान शर्मा, नारायण ढकाललगायत स्रष्टा कार्यक्रममा उपस्थित थिए । उनीहरुले कविता र रचनाका माध्यमबाट राष्ट्रियता रक्षाको माग गरे । सरकारले आफ्नो देशको माटो रक्षा चुकेको बताउँदै वर्तमान शासन व्यवस्थाबाट माटो रक्षा हुन नसक्ने धारणा राखे । स्रष्टाहरुले मुलुकमा नागरिकले नयाँ व्यवस्था र नेतृत्व चाहेको र त्यसनिम्ति आफूहरु रचना वा कविता कुनैपनि तरिकाबाट योगदान दिन तयार रहेको बताए ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतले हस्तक्षेप गरेर नेपालको सार्वमौमिकतामाथि आक्रमण गरेको भन्दै विरोधमा संघर्षका कार्यक्रमसहित सडक संघर्ष चलाइरहेको विप्लव नेकपाले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन, ज्ञापन पत्र बुझाउनेदेखि अन्तरक्रिया तथा साहित्यिक कार्यक्रम चलाइरहेको छ ।

राष्ट्रिय स्वाधीनताको लागि कलाकार, संस्कृतिकर्मी तथा कवि सडकमा उत्रिएपछि सरकारमा तरंग छाएको छ । सरकारले सीमा अतिक्रमणबारे भारतसँग वार्ता गर्ने हल्ला चलाएपनि अनौपचारिक रुपमा कुराकानीसमेत गर्न सकेको छैन ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार १०:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।